अवकाशप्राप्त शिक्षण-अशिक्षण कर्मचारीवर्गलाई सम्मान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 17, 2018

अवकाशप्राप्त शिक्षण-अशिक्षण कर्मचारीवर्गलाई सम्मान

गफसफ.com, कालेबुङ 17 नोभेम्बर।
संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनको आयोजनामा आज कालेबुङ जिल्ला भरीका अवकाशप्राप्त शिक्षक अनि अशिक्षण कर्मचारीवर्गलाई सम्वर्द्धना जनाउने कार्य सम्पन्न भएको छ। कुमुदुनी विद्याश्रमको धर्म हलमा आयोजित उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा जीटीए बोर्ड उपाध्यक्ष अनित थापा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा जीटीए शिक्षा विभागका प्रभारी एवम् विधायक अमरसिंह राई उपस्थित रहेका थिए।


यस अवसरमा आफ्नो जीवनको महत्वपूर्ण समय विद्यालय अनि शिक्षाको निम्ति खर्चिएर अवकास ग्रहण गर्ने कालेबुङ जिल्लाभरीका मोठ 30 जना शिक्षक अनि अशिक्षण कर्मचारीवर्गलाई सम्वर्द्धना जनाउने कार्य सम्पन्न भएको थियो। उक्त अवकाशप्राप्त शिक्षक अनि अशिक्षण कर्मचारीवर्गलाई सङ्गठनका अध्यक्ष सी.बी गुरुङले माल्यर्पण गरेपछि मुख्य अतिथि अनित थापाको बाहुलीबाट अङ्गवस्त्र ओढाउनुको साथै स्मृती पत्र प्रदान गरि सम्मानित गरिएको थियो। यसै अवसरमा कुमुदिनी विद्यालयका शिक्षक प्रभारी वाई.एस घिसिङलाई पनि शिक्षाको क्षेत्रमा प्राप्त शिक्षा रत्न पुरस्कारको निम्ति सम्मानित गरिएको थियो।
सङ्गठनका सचिव सेनडुप लामाले स्वागत सम्बोधन राखेको कार्यक्रममा अध्यक्ष सी.बी गुरुङले पहाडको शिक्षाको क्षेत्रमा सुधार गर्नका निम्ति गरिनुपर्ने कार्यहरूबारे अवगत गराएका थिए भने शिक्षकवर्गले भोग्न परिरहेका समस्याबारे पनि जानकारी गराएका थिए। विविधित सांस्कृतिक कार्यक्रम समावेश रहेको कार्यक्रममालाई विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका विधायक अमर सिंह राईले सम्बोधन गर्दै जीटीएको पक्षबाट आफुले शिक्षाको क्षेत्रमा विकास गर्न कार्य गरिरहेको अनि नयाँ शिक्षक नियुक्तिको निम्ति पनि अघिबाटै सरकार समक्ष राखेका मागहरूलाई अघि बडाउने कार्य गरिरहेको बताएका छन्।
उनले जीवनको महत्वपूर्ण समय शिक्षा खेतीको निम्ति बिताउने शिक्षकवर्गलाई सम्मान गर्नु एउटा खुशीको अवसर रहेको बताउँदै कुनै पै विद्यालयमा शिक्षाको बिकास गर्न शिक्षण विद्यार्थी र अशिक्षण कर्मचारीवर्गको तालमेल पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन्। यसैक्रममा उनले अशिक्षण कर्मचारीवर्गलाई पनि सम्मान गरेर सङ्गठनले महान कार्य गरेको बताएका छन्।
अर्कोतर्फ कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त माध्यमिक शिक्षक कल्याण सङ्गठनका अध्यक्ष सी.बी गुरुङले गतवर्षको 105 दिने बन्दले पहाडको शिक्षा व्यवस्था डावाडोल भएको बताएका छन्। उनले पहाडको शिक्षा व्यवस्था बिग्रेको खण्डा सम्पूर्ण पहाडवासीलाई ठूलो प्रभाव पर्ने भन्दै आफुहरूको सङ्गठनले पहाडको शिक्षा व्यवस्थाको पुरानो गरिमालाई फर्काएर ल्याउने कार्य गरिरहेको पनि बताएका छन्। यसक्रममा उनले शिक्षा व्यवस्था सुधारका निम्ति पहाडका विद्यालयहरूमा रहेका रिक्त पदहरूमा नियुक्ति गर्नुपर्ने माग गर्दै जीटीए प्रशासनले पनि उचित पहल गर्दिनुपर्ने माग गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad