एनजीसीले सम्पूर्ण राजनैतिक दलका प्रतिनिधीवर्गलाई लिएर भारतका प्रधानमन्त्रीलाई भेट्ने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, November 18, 2018

एनजीसीले सम्पूर्ण राजनैतिक दलका प्रतिनिधीवर्गलाई लिएर भारतका प्रधानमन्त्रीलाई भेट्ने

गफसफ.com, नयाँ दिल्ली 18 नोभेम्बर।
नेशनल गोर्खाल्याण्ड कमिटिले विभिन्न राजनैतिक दलका प्रतिनिधीवर्गलाई लिएर छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै भारतका प्रधानमन्त्रीलाई भेट गर्ने निर्णय लिएको छ। नयाँ दिल्ली स्थित कमिटिका अध्यक्ष अ.प्रा लेप्टिनेन्ट जेनेरल शक्ति गुरुङको अध्यक्षतामा संविधान क्लबमा आयोजित सभामा उक्त निर्णय लिएको हो। यसै अवसरमा एनजीसीद्वारा प्रकाशित गोर्खाल्याण्ड सम्बन्धि भिजन डक्युमेन्ट सोस्रो भागको पनि विमोचन गरिएको छ।
विभिन्न राजनैतिक दलका प्रतिनिधीवर्ग अनि संघ संस्थाका प्रतिनिधीवर्गलाई लिएर आगमी दिनमा हामी भारतका प्रधानमन्त्रीलाई भेट गर्ने आजको सभामा प्रस्ताव ग्रहण गरेका छौँ’- सभापछि पत्रकारहरूलाई सम्बोधन मुनिश तामाङले भने। उनले उक्त सभामा खुबै राम्रो भएको जानकारी दिँदै सभामा व्यापक चर्चा परिचर्चा पनि उक्त प्रस्ताव ग्रहण गरेको जानकारी दिएका छन्।
यसैक्रममा उनले छुट्टै राज्य गोर्खाल्याण्ड राज्य गठन माथि निर्माण गरिएको भिजन डक्युमेन्टको दोस्रो भाग लोकार्पण गरिएको अनि उक्त डक्युमेन्टमा प्रस्तावित गोर्खाल्याण्ड राज्यको मानचित्रमाथि गहन परिचर्चा गरिएको बताएका छन्। ‘भिजन डक्युमेन्टमा प्रस्तावित मानचित्रमाथि गहन चर्चा गरिएको छ। यसका साथै यस डक्युमेन्टमा प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रको प्रशासनिक ढाँचा, जनंख्या, निर्वाचन क्षेत्र आदि विषयमा व्यापक चर्चा गरेका छौँ। हामीलाई विश्वास छ आगामी दिनमा यो भिजन डक्युमेन्टले गोर्खाल्याण्ड प्राप्तीको निम्ति धेरै सहयोग पुग्नेछ’ मुनिश तामाङले भने। सोहिक्रममा उनले भिजन डक्युमेन्टको पहिलो भागको बङ्गाली भाषामा प्रकाशित संस्कारणको सार्वजनिक गरिएको उनले बताएका छन्।
अर्कोतर्फ नेशनल गोर्खाल्याण्ड कमिटिको आयोजनामा आगामी 17 फरवरीका दिन संविधान क्लबमा नै प्रस्तावित गोर्खाल्याण्ड राज्य गठन सम्बन्धि आर्थिक सम्भाव्यमाथि सङ्गोष्टि आयोजना गरिएको पनि तामङले जानकारी दिएका छन्। उक्त सङोष्टीमा विषय विशेषज्ञहरूलाई निमन्त्रण गरेर कार्यप्रत्र प्रस्तुत गरिने अनि पछीबाट सोही कार्यपत्रलाई पुस्तकको रूपमा प्रकाशित गर्ने पनि मुनिश तामाङले जानकारी दिएका छन्।

2 comments:

Post Bottom Ad