डुवर्समा ट्रेनको 21 वटा डिब्बाले छोड्यो ईञ्जिन, भाग्यले बाँचे यात्रीहरू - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 22, 2018

डुवर्समा ट्रेनको 21 वटा डिब्बाले छोड्यो ईञ्जिन, भाग्यले बाँचे यात्रीहरू

गफसफ.com, मादरीहाट 22 नोभेम्बर।
तीनसुकिया जङ्क्सनबाट छुटेको 22502 बेंगलुरू एक्सप्रेस ट्रेन (22502 Bengaluru Express) को 21 वटा डब्बा ईञ्जिनबाट छुटेको छ। उक्त घट्ना आज बिहान डुवर्सको मादरीहाट अनि रङ्गलीबजना स्टेशन बिचमा भएको हो। मादरीहाट स्टेशनबाट छुटेर उक्त ट्रेन सिलगडी जङ्क्सन तर्फ जानेक्रममा उक्त घट्ना भएको हो।
FILE PHOTO
तीनसुकिया जङ्क्सनबाट छुटेको 22502 बेंगलुरू एक्सप्रेस ट्रेनले मादरीहाटको जङ्क्सन काटेपछि लिकमा कुदीरहेकै समय अचानक पछि रहेको 21 वटा डिब्बा ईञ्जीनबाट छुट्न पुगेको हो। ट्रेन डब्बाले अचानक ईञ्जिन छोडेको यात्रीहरूले थाह पाएपछि सम्पूर्ण यात्रीहरू आत्तिएका थिए। यसका साथै उक्त घट्नाले रेल्वे विभागीय अधिकारीवर्गको पनि चिन्ता बडाएको थियो। यद्यपी ईञ्जिनबाट छुटेका उक्त डिब्बाहरू लिकबाट झरेर बाहिर नजाँदा कुनै ठूलो दुर्घट्ना भने नभएको थाह लागेको छ। 
गुडीरहेको ईञ्जिनबाट छुटेका उक्त ट्रेनका डिब्बाहरू केहि समयसम्म लिकमा नै कुदेपछि केहि टाडामा पुगेर रोकिएको कारण कुनै ठूलो दुर्घट्ना नभएको हो। यद्यपी यात्रीहरू आत्तिएका थिए भने घट्ना स्थलमा विभागीय अधिकारीवर्गले दौडाह गरेर जानकारी लिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad