घैयाबारीमा आगलागी; एउटा दोकान अनि एउटा घर जलेर नष्ट; दुईजना घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, November 4, 2018

घैयाबारीमा आगलागी; एउटा दोकान अनि एउटा घर जलेर नष्ट; दुईजना घाइते

गफसफ.com, खर्साङ 5 नोभेम्बर| 
तिनधारे नजिक घैयाबारीमा राती भयावह आगलागी हुँदा एउटा घरसँगै एउटा दोकान जलेर स्वाह भएको छ। प्राप्त जानकारी अनुसार उक्त आगलागी राती लगभग 10 बजेतिर भएको हो। रातीको समय अचानक आगलागी भएपछि चारैतिर हो-हल्ला मच्चिएको थियो। जसको कारण स्थानीय मानिसहरू आगो निभाउनलाई धेरै सङ्ख्यामा भेला भएका थिए। राष्ट्रिय राजमार्ग 55 अन्तर्गत रहेको घैयाबारी रेल्वे स्टेशन नजिक  भएको उक्त आगलागीमा दुईजना व्यक्ति सामान्य घाइते भएको थाह लागेको छ।

आगोले एकाएक उग्र रूप लिए पछि एउटा दोकान अनि एउटा घरलाई पूर्णरूपले आफ्नो चपेट लिएको थियो। जसको कारण उक्त घर अनि दोकान जलेर पूर्णरूपले नष्ट भएको छ। आगलागीको कारण लाखौँ रूपियाँको सम्पत्ती जलेर नष्ट भएको छ भने आगलागीको चपेटमा परेर दुईजनालाई चोटपटक लागेलो थाह लागेको छ। उनीहरूलाई खर्साङ अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको जानकारी प्राप्त भएको छ भने अवस्था अहिले सामान्य रहेको थाह लागेको छ।
स्थानीय मानिसहरूलो सहयोगमा आगोलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि एउटा घर अनि दोकानलाई भने गोगाउन सकिएन। यता आगलागीको मुख्य कारण भने अहिलेसम्म थाह लाग्न सकेको छैन।
(नोट: विस्तृत जानकारीको प्रतिक्षामा)

No comments:

Post a Comment

Post Bottom Ad