कालेबुङबाट निर्मित मौन लघु चलचित्र ‘विन्डचिम’ रूचाए दर्शकवर्गले - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, November 15, 2018

कालेबुङबाट निर्मित मौन लघु चलचित्र ‘विन्डचिम’ रूचाए दर्शकवर्गले

गफसफ.com,  कालेबुङ 15 नोभेम्बर।
‘ड्रिम थिएटर डिजिटल इन्टरटेन्मेन्ट’- को ब्यानरमा निर्माता डली चेम्जोङद्वारा निर्मित लघु चलचित्र (सर्ट फिल्म) विन्डचिम (Windchime) युट्युब मार्फत् सार्वजनिक भएको छ। केवल 7 मिनट 45 सेकेन्डको उक्त चलचित्र कालेबुङबाट निर्माण गरिएको हो भने यसको सम्पूर्ण छायाङकन समेत कालेबुङ वरिपरिनै भएको छ।
माबो चेम्जोङद्वारा निर्देशित उक्त लघु चलचित्रमा पटकथा दृष्टि बागदासको रहेको छ भने चलचित्रलाई मौन रूपमा प्रस्तुत गरिएको छ। जसलाई माउन्टेन स्टुडियो (अन्मोल गुरुङ)ले सम्पादन गरेका छन् भने चलचित्रमा सङ्गीत संयोजन पनि माउन्टेन स्टुडियोको नै रहेको छ। चलचित्रको छायाङ्कन भने अन्मोल गुरुङ अनि भिषण तिरूवाले गरेका छन्।
फिल्ममा उमेश ‘उपमा’ –को डेब्यु
‘ड्रिम थिएटर डिजिटल इन्टरटेन्मेन्ट’- को ब्यानरमा निर्माता डली चेम्जोङद्वारा निर्मित लघु चलचित्र (सर्ट फिल्म) ‘विन्डचिम’- मा उमेश ‘उपमा’ले मुख्य भूमिकामा डेब्यु गरेका छन्। कालेबुङमा अवस्थित उपमा प्रकाशानका प्रकाशक उमेश ‘उपमा’ ले लघु चलचित्र ‘विन्डचिम’- मा एकजना मानसिक रोगिको भूमिका निभाएका छन्। जुन चलचित्रको कथालाई अघि बडाउँन अनि दर्शकवर्गलाई बुझ्नका निम्ति सहज बनाउन सहायक भूमिकाको रूपमा उनकै श्रीमती अल्का उपमा अनि अक्षरा उपमाले समेत चलचित्रमा देखिएको छ।
निर्देशक माबो चेम्जोङ (दाहिने) उमेश उपमा (देब्रे) 
एक परिवारको कथा
लघु चलकित्र ‘विन्डचिम’- एउटा परिवारको कथामा आधारित रहेको छ। एकजना परिवारका सदस्य जो मानसिक रोगले ग्रस्त बनेपछि घरबाट लापत्त भएका छन्। जसको भूमिका उमेश उपमाले निभाएका छन्।
संवादविहिन उक्त लघु चलचित्रको मुख्य भूमिकामा रहेका उमेश ‘उपमा’ मानसिक रोगले ग्रस्त बनेपछि सबै बिर्सिएर आफ्नो घरबाट हराएपछि उनी आफ्ना परिवारसँग बिछोडिएका छन्। लघु चलचित्रको कथा अघि बड्ने क्रममा एकदिन उनी अचानक आफ्नै घरमा आइपुगेका छन्।
स्मरण शक्ती पूर्णरूपले गुमाइसकेका व्यक्ति आफ्नै घरमा आइपुगेर उनी घरभित्र पस्दा टेबलमा सजाएर राखेको फोटो फ्रेम देख्छन्। जुन फोटो फ्रेममा आफ्ना नानीसँगै रहेको परिवारको फोटो रहेको हुन्छ। उनले त्यस फ्रेमलाई उठाएर हेर्दा क्षणभरको निम्ति पुराणो स्मरण जागृत भएको छ। त्यसबेला उनले आफ्ना नानी, आफ्ना श्रीमतीलाई सम्झना गर्छन्। फोटो फ्रेम देखेर क्षणभरको निम्ति स्मरण आउँदा उनले आफ्ना परिवारलाई सम्झना गर्दा नगर्दै उनको स्मरण पुन: विलिन हुन पुगेपछि उनले उक्त फ्रेमलाई भुँइमा झारेर घरदेखि बाहिरिएका छन्।
घरभित्र केही सामाग्री झरेको आवाज आएपछि उनको श्रीमती आएर हेर्दा उक्त फोटो फ्रेम भुँइमा झरेर फुटीरहेको अवस्थामा देख्छिन् भने बाहिर कुनै अपरिचित व्यक्ति (जो आफ्नै बिछोडीका पति हुन्) लाई देख्छन्। त्यसबेला उनलाई उक्त व्यक्ति चिने चिने जस्तो लागे पनि धेरै वर्षदेखि घरबाट हराएको कारण चिन्न भने सक्दैनन्। त्यसबेला उनी प्रस्थान गरिरहेका हुन्छन् भने पर भित्तामा ‘हराएको सूचना’ लेखिएको पोस्टर टाँसिएको ठाउँमा क्यामेराको फोकस पुगेर चलचित्र समापन भएको छ।
निर्देशकको रूपमा माबो चेम्जोडको डेब्यु
माबो चेम्जोङले लघु चलचित्र ‘विन्डचिम’- कै माध्यमबाट निर्देशकको रूपमा डेब्यु समेत गरेका छन्। उक्त लघु चलचित्र युट्युबमा सार्वजनिक भएपछि दर्शकवर्गबाट पाएका टिप्पणीहरूले उनी खुशी रहेका छन्।
‘सबै थोक शब्दकै माध्यमबाट भन्नै पर्छ अथवा भन्न सकिन्छ भन्ने होइन। मौन रूपमा पनि हामीले धेरै थोक भन्न सक्छौँ। जुन भन्ने प्रयास लघु चलचित्र  ‘विन्डचिम’- मार्फत् गरेका छौँ’ निर्देशक माबो चेम्जोङ भन्छन्।
उनले उक्त लघु चलचित्र आफ्ना परिवारहरूसँग विविध कारणले बिछोड बनेकाहरूलाई समर्पण गरेको बताउँदै ‘जसको परिवार विविध कारणले बिछोडिएका छन् उनीहरूलाई नै बढी यसले छुन सक्छ’ भने। यसक्रममा उनले कुनै पनि चलचित्र निर्माता निर्देशकले निर्माण गरेपछि दर्शकवर्गको पनि आफ्नो भूमिका रहेको बताउँदै उक्त लघु चलचित्र  ‘विन्डचिम’-लाई बुझ्न दर्शको हातमा सुम्पिएको पनि बताएका छन्।
ड्रिम थिएटर डिजिटल इन्टरटेन्मेन्टले दिनेछ प्लेटफार्म
निर्देशक माबो चेम्जोङले ड्रिम थिएटर डिजिटल इन्टरटेन्मेन्टले लघु चलचित्रलाई प्रस्तुत गर्नका निम्ति सबैलाई मौका दिने प्रयास सुरु गरेको जानकारी दिएका छन्। ‘मानिसहरूसँग राम्रा कथा भएको राम्रा-राम्रा लघु चलचित्रहरू हुनसक्छन्। यदि कसैसँग पनि यस्ता लघु चलचित्रहरू छन् भने ड्रिम थिएटर डिजिटल इन्टरटेन्मेन्टले प्रकाशमा ल्याउने कार्य गर्नेछ’ निर्देशक माबो चेम्जोङले भने।
फिल्म हेर्न यहाँ थिच्नुहोस्

1 comment:

Post Bottom Ad