गोजमुमो विमल गुटलाई बोलायो केन्द्रले सचिव स्तरीय वार्तामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 3, 2018

गोजमुमो विमल गुटलाई बोलायो केन्द्रले सचिव स्तरीय वार्तामा

गफसफ.com, कालेबुङ 3 अक्टोबर ।
गोर्खा जनमुक्ति मोर्चा अनि केन्द्रिय गृह सचिव लगायत केन्द्र सरकारका प्रतिनिधीवर्गसँग आगमी 5 अक्टोबरका दिन वैठक हुने निश्चित भएको छ। यसबारे गोजमुमो विमल गुरुङ समुहका भूमिगत नेता रोशन गिरीले जानकारी दिएका छन्।


केन्द्र सरकारको पक्षबाट गोजमुमो (बिमल गुट) लाई वैठकमा बोलाएको गिरीले जानकारी गराउँदै उक्त वैठक 5 अक्टोबरका दिन दिल्लीको नर्थ ब्लकमा हुने बताएका छन्। वैठकमा भाग लिने टोलिलाई गोजमुमो समुहका अवकाश प्राप्त कर्णल रमेश आलेले प्रतिनिधित्व गर्ने भएका छन्। वैठकमा जाने अन्य प्रतिनिधी टोलिको नाउँ भने अहिले नै सार्वजनिक गरिएको छैन।
स्मण रहोस्, गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा चलेको अनिश्चितकालिन बन्द फिर्ता गरे त्रिपक्षीय वार्ता गर्ने आश्वासन केद्रिय गृहमन्त्री राजनाथ सिंहले दिएका थिए। उनकै आश्वासन पाएपछि वर्तमान भूमिगत नेता विमल गुरुङले अनिश्चिताकालिन बन्दलाई 105 दिनपछि फिर्ता गरेका थिए भने उक्त बन्द खोलिएको वर्ष दिन बितेर जाँदा समेत केन्द्र सरकारले त्रिपक्षीय वार्ता भने अहिलेसम्म डाकेको छैन।
यस्तो अवस्थामा केन्द्र सरकारले गोजमुमो (विमल गुट) सँग़ डाकेको सचिव स्तरीय वार्ताले के निर्णय लिने हुन् भन्ने चासोको विषय बनेको छ।

No comments:

Post a Comment

Post Bottom Ad