वार्ता सङ्कलन ‘इन्द्रायण’ चाँडै बजारमा उपलब्ध हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 3, 2018

वार्ता सङ्कलन ‘इन्द्रायण’ चाँडै बजारमा उपलब्ध हुने

_______________पुस्तक चर्चा______________
गफसफ.com, कालेबुङ 3 अक्टोबर
सिलगडी नेपाली साहित्य संस्थानको पक्षमा उपमा प्रकाशनकालेबुङद्वरा प्रकाशित पुस्तक इन्द्रायण चाँडै बजारमा उपलब्ध हुनेछ। वार्ता सङ्कलन ‘इन्द्रायण’-मा प्रोफेसर घनश्याम नेपाल, कवि/चिन्तक मनप्रसाद सुब्बा अनि प्रा सञ्जय बिष्टका तीनवटा मह्त्त्वपूर्ण वार्ताहरू सङ्कलित रहेका छन्।

वार्ताहरूमाथि टिप्पणी प्रोफेसर मोहन पी दाहालले राखेका छन्।
पुस्तकमा सिलगडी नेपाली साहित्य संस्थानको सचिव भुपेन तामाङले इन्द्रबहादुर राईको परिचय राखेका छन् भने अध्यक्ष देवचन्द सुब्बाले संस्थानबारे कुरा राखेका छन्।    
सङकलक एवम् सम्पादकद्वय वासुदेव पुलामी, ज्ञानेन्द्र यक्सो रहेका छन्।
मूल्य १००/- (एक सय रूपियाँ)
आवरण चित्र श्री अमीर सुन्दास
आवरण सज्जा श्री सुधीर छेत्री
प्रकाशक उपमा प्रकाशन, कालेबुङ।

No comments:

Post a Comment

Post Bottom Ad