वार्ता एकमात्र गोर्खाल्याण्डको मुद्दामा हुनपर्छ – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 4, 2018

वार्ता एकमात्र गोर्खाल्याण्डको मुद्दामा हुनपर्छ – विनय तामाङ

गफसफ.com, दार्जीलिङ 4 अक्टोबर।
‘वार्ता केवल एकसूत्रीय मुद्दा गोर्खाल्याण्डलाई लिएर हुनुपर्छ’ उक्त कुरा विनय तामाङले भनेका हुन्। केन्द्रिय गृह मन्त्रालयबाट गोजमुमो विमल गुरुङ समुहलाई 5 अक्टोबरका दिन वैठकमा डाकेको भूमिगत नेता रोशन गिरीले सञ्चार माध्यममा जानकारी गराएपछि तामाङले आज एक प्रेस विज्ञप्ति जारी गरेर वैठकमा जानेहरूलाई एकमात्र ‘गोर्खाल्याण्ड’-को मुद्दामा वार्ता गर्नु भन्ने सुझाव दिएका हुन्।


‘रोशन गिरीद्वारा सोसियल साइटहरूमा जारी गरिएको हिजोको बयानमा गोर्खाल्याण्डको मुद्दा किन कत्तै उल्लेख गरिएको छैन भनी म सोध्न चाहन्छ?’ विनय तामाङले गिरीलाई प्रश्न गरेका छन्। यसक्रममा उनले उक्त वैठक राजनैतिक स्तरमा हो अथवा सचिव स्तरमा हो भनि प्रश्न पनि गरेका छन्। किन भने वैठकमा बोलाएको गिरीले पत्र सार्वजनिक नगरेको कारण वैठक कुन स्तरको हो भन्ने कुनै आधिकारिक पुष्टि भने भएको छैन।
‘वार्ता तय भएको छ भने प्रतिनिधि टोलीलाई आएको आधिकारीक निमन्त्रणा पत्र खोई? कतै रोशन गिरीले भनेको उक्त बैठक गत 21 अगस्तको दिन रोशन गिरीले गृह सचिव अनि अन्य 6 जना अधिकारीहरूलाई जनजातिको मुद्दाको निम्ति बातचीत गर्न भेटवार्ताको निम्ति मागेको अनुमतिको आधारमा तय भएको त होइन?’ वैठकबारे केन्द्रले पठाएको पत्र रोशन गिरीले सार्वजनिक नगरेकै कारण विनय तामाङले प्रश्न गरेका छन्। यसक्रममा उनले यदि उक्त वैठक बोलाएकै हो भने वार्ता पूर्णरूपले जीटीए अनि जनजातिको मुद्दालाई लिएर हुनसक्ने पनि तामाङले शंका गरेका छन्।
तामाङले जारी विज्ञप्तिमा 29 अगस्त 2017 का दिन राज्य सरकारसित बैठकमा बस्दा विमल गुरूङले तानाशाही फरमान जारी गर्दै बैठकमा केवल गोर्खाल्याण्डकै विषयमा कुरा गर्ने निर्देश दिएको पनि तामाङले स्मरण दिलाएका छन्। यसक्रममा उनले उक्त वैठकमा गुरुङकै निर्देशन अनुसार राज्य सरकारसित उक्त वार्तामा गोर्खाल्याण्डको विषयमा कुराकानी उठान गरेका थियौं भनि दाबी पनि गरेका छन्। ‘पहिलोचोटि नवान्नमा त्यसबेला गोर्खाहरूको उक्त दीर्घकालीन समस्याहरूको पक्षमा कुरा उठान भएको थियो भने उक्त वार्तामा मुख्यमन्त्री ममता व्यानर्जी स्वयँले गोर्खाल्याण्डको मुद्दा एक सम्वैधानिक माग रहेको स्वीकार गरेकी थिइन्।  उक्त मागसम्बन्धि राज्य सरकारको केही गर्न नसक्ने समेत बताएकी थिइन्’ तामाङले भनेका छन्।
रोशन गिरीले दाबी गरेको वैठकलाई रमेश आलेले नेतृत्व गर्ने भनिएको कारण तामाङले आलेलाई वैठकमा गोर्खाल्याण्डको मात्रै कुरा गर्ने सुझाव दिएका छन्। ‘अब कर्णल रमेश आलेलाई म बैठक भएको खण्डमा एकमात्र मुद्दा गोर्खाल्याण्डको मुद्दामा हुनुपर्छ भनी सोही प्रकारको अपील गर्न चाहन्छु जुन 29 अगस्त 2017 को वार्तामा विमल गुरूङले राखेका थिए’ विनय तामाङले अझ भनेका छन् ‘माननीय एचएमओसित गोर्खाल्याण्डको विषय़मा कुराकानी भयो भनेर पहाड़का सोझा जनतालाई झूटो खबर दिएर उनीहरूले चलाकी पनि गर्न सक्छन्।’ विनय तामाङले अझै भनेका छन् –‘यसर्थ हामी बारम्बार दोहोराएर भन्न चाहन्छौं कि वार्ता केवल एकसूत्री मुद्दा गोर्खाल्याण्डलाई लिएर हुनुपर्छ।’
तामाङले उक्त द्विपक्षीय वार्ता वास्तवमा लामो समयदेखि थाँतीमा रहेको थियो भन्दै  जसलाई चुनाउको अघाड़ि भाजपाले इलेक्सन स्टन्ट बनाइरहेको आरोप लगाएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad