‘एकता सालिग’ हाम्रो मातृभूमिको दुवै हृदय अनि भौगोलिक एकताको प्रतीक हो' - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, October 30, 2018

‘एकता सालिग’ हाम्रो मातृभूमिको दुवै हृदय अनि भौगोलिक एकताको प्रतीक हो'

__________________________ नरेन्द्र मोदी, प्रधानमन्त्री, भारत।
सन् १९४७ को पहिलो आधा वर्ष भारतीय इतिहासको निम्ति धेरै महत्त्वपूर्ण कालखण्ड रहेको थियो। औपनिवेशिक शासनको अन्त्य निश्‍चित भएसँगै भारतको विभाजन तय भए तापनि भारत कतिवटा खण्डमा विभाजित हुने हो भन्ने कुरा अनिश्‍चित थियो। मूल्य वृद्धिसँगै खाद्यान्नको अभाव व्याप्त थियो भने सबैभन्दा बढी भारतको ऐक्यता गम्भीर परिस्थितिमा रहेको थियो।
यस परिस्थितिमा, सन् १९४७ को मध्यतिर राज्य विभाग अस्तित्त्वमा आएको थियो। यस विभागको प्रमुख लक्ष्यमध्ये, आकार, जनसङ्‌ख्या, भूगोल अनि आर्थिक परिस्थितिले विविधतापूर्ण अनि फरक रहेका ५५० वटा राज-रजौटासँग भारतको सम्बन्धको सन्दर्भमा वार्तालाई प्राथमिकता र जोड दिनुरहेको थियो। यस परिप्रेक्ष्यमा महात्मा गान्धीले भनेका थिए, ‘यी राज-रजौटाका समस्याहरू कठिन प्रकारका छन्, र तिमीले मात्र यसको समाधान खोज्न सक्नेछौ।
यहाँ तिमी भनी सम्बोधित व्यक्ति अरू कोही नभएर सरदार वल्लभभाई पटेल थिए, जसको जयन्ती हामी पालन गर्न गइरहेका छौं र जसलाई हामी श्रद्धाञ्जलि अर्पण गर्न गइरहेका छौं।
सरदार पटेलले आफ्नो विशिष्ट शैलीमा सुस्पष्ट, सुदृढ अनि प्रशासनिक कौशलताका साथ आफ्नो काम सम्पन्न गरे। समय कम तर काम विराट् थियो, तर उनी साधारण व्यक्ति थिएनन्, उनी सरदार पटेल थिए, जसले आफ्नो मुलुकलाई झुक्न नदिने सङ्कल्प लिएका थिए। एक एक गर्दै उनको टोलीले राज-रजौटाहरूसँग वार्ता गरी स्वतन्त्र भारतको अङ्ग बन्ने कुरा सुनिश्‍चित गरे।
सरदार पटेलको अनवरत प्रयासकै कारण आजको भारतको मानचित्र ज्वलन्त कायम छ।
स्वतन्त्रता प्राप्त भएपछि, भीपी मेनन सरकारी सेवाबाट मुक्त हुन चाहन्थे, तर उनलाई यो समय आराम गर्ने वा अवकाशमा जाने नरहेको कुरा दृढताका साथ बताएका थिए। आफ्नो सङ्कल्पप्रति यसरी अडिग थिए सरदार पटेल। उनले मेननलाई राज्य विभागको सचिव नियुक्त गरे। आफ्नो पुस्तक, ‘भारतीय राज-रजौटाहरूको एकिकरणको कथानामक पुस्तकमा मेननले अग्रगामी पहलका साथ कसरी आफ्नो टोलीलाई परिश्रम गर्न खटाएका थिए भनी उल्लेख गरेका छन्‌। यसका साथै उनले सरदार पटेलको अभिमत स्पष्ट रहेको र भारतीयहरूको हित सर्वोपरी रहेको तथा यस विषयमा कुनै प्रकारको सम्झौता नगर्ने अठोट उनमा निहित रहेको पनि मेननले लेखेका छन्‌।
१५ अगस्त, १९४७ को दिन नयाँ प्रारब्धको अरुणोदय भए तापनि राष्ट्र निर्माणको काम धेरै बाँकी रहेको थियो। स्वतन्त्र भारतको प्रथम गृह मन्त्रीका रूपमा उनले दैनन्दिन शासनका साथै जनताको हित, विशेष गरी गरीब अनि सीमान्तकृतहरूको रक्षा गर्दै देशको सेवा गर्ने दिशामा उनले प्रशासनिक संरचनाको आधारशिला राखेका थिए।
सरदार पटेल एक कुशल प्रशासक थिए। शासनमा आफ्नो अनुभव, विशेष गरी सन् १९२० तिर, उनले अहमदाबाद नगरपालिकामा पुर्‍याएको सेवा स्वतन्त्र भारतको प्रशासनिक संरचना सुदृढ बनाउने सन्दर्भमा धेरै काम लागेको थियो। अहमदाबादमा हुँदा उनले शहरको स्वच्छताको सम्बन्धमा उल्लेखनीय काम गरेका थिए। उनले शहर भरी ढल-नालाको सर-सफाईका साथै व्यवस्थापन सुनिश्‍चित गरेका थिए। यसका साथै उनले सडक, बिजुली अनि शिक्षा जस्ता शहरी पूर्वाधारको दिशामा पनि धेरै ध्यान केन्द्रित गरेका थिए।
आज भारत यदि व्यावसायिक सहकारिता क्षेत्रको निम्ति जानिन्छ भने यसको श्रेय सरदार पटेललाई नै जाँदछ। जुन विशेष गरी स्थानीय समुदाय र विशेष महिला सशक्तिकरण गर्ने उनको परिकल्पनासँगै अमुल स्थापनाको हुनगएको थियो। यसका साथै सहकारी आवासीय समितिको विचारधारालाई पनि सरदार पटेलले नै लोकप्रिय बनाएका थिए, जसले धेरैको निम्ति आवास अनि मर्यादा सुनिश्‍चित गरिदिएको थियो।
सरदार पटेलको पर्याय रहेका दुई लक्षण विश्‍वास अनि इमान्दारी रहेको थियो। भारतका किसानहरूको उनीप्रति असमानान्तर विश्‍वास रहेको थियो। उनी स्वयं किसानपुत्र थिए, जसले बार्दोली सत्याग्रहको नेतृत्त्व गरेका थिए। श्रमजीवीहरूले उनमा आशाको किरण देखेका थिए, जसको नेतृत्त्व उनीहरूको हितप्रति मुखर थिए। व्यापारी अनि उद्योगपतिहरू सरदार पटेलसँगै काम गर्न रुचाउँथे कारण भारतको आर्थिक अनि औद्योगिक विकासको दूरदृष्टि उनीसँग थिए।
उनका राजनीतिक समकक्षीहरूले पनि उनीमाथि भरोसा गर्थे। आचार्य कृपालानीअनुसार कुनै प्रकारको समस्या आइपरे तथा बापूको मार्गदर्शन उपलब्ध नभए उनीहरू सरदार पटेल कहाँ जाने गर्थे। सन् १९४७ मा राजनीतिक वार्ता चरममा रहेको बेला, सरोजिनी नायडुले उनलाई, ‘निर्णायक कर्मयोगीभनी बताएकी थिइन्‌।
सबैले उनलाई विश्‍वास गर्थे, उनको काम अनि कार्यलाई। सरदार पटेललाई हरेक वर्ग, पन्थ अनि उमेरकाहरूले अझै पनि सम्मान गर्ने गर्दछन्‌।
यस वर्ष सरदार पटेलको जयन्ती अति नै विशेष छ। एक सय तीस करोड भारतीयको आशीर्वादले आज, ‘एकता सालिगअनावरण हुनगइरहेको छ। नरमदा नदीको किनारामा स्थापित यो एकता सालिग विश्‍वकै सबैभन्दा अग्लो सालिग हुनेछ। धरतीपुत्र सरदार पटेल गगनचुम्बी स्वरूपमा हामीलाई प्रेरित अनि मार्गदर्शन गर्न खडा रहनेछन्‌।
सरदार पटेललाई हार्दिक श्रद्धाञ्जलि टक्राउन यस सालिग निर्माणका लागि दिन-रात खट्‌ने सबैलाई म बधाई दिन चाहन्छु। ३१ अक्टोबर, २०१३ को दिन यस महत्त्वकाङ्‌क्षी परियोजनाको आधारशिला राखेको मलाई स्मरण छ। रेकर्ड समयमा, यस परिमाणको परियोजनाले साकार रूप लिइरहेको छ, जसलाई प्रत्येक भारतीयलाई गर्वबोध गराउनेछ। आफ्नो जीवनकालमा एक दिन यस एकता सालिगको भ्रमण गर्न म सबैलाई आग्रह गर्न चाहन्छु।
एकता सालिगहाम्रो मातृभूमिको दुवै हृदय अनि भौगोलिक एकताको प्रतीक हो। यसले हामीलाई विभाजित बने हामीले स्वयंको पनि सामना गर्न सक्नेछैनौं भन्ने आभास दिनेछ। तर एकबद्ध बने, विश्‍वको सामना गर्दै विकास अनि वैभवको नयाँ शिखर चुम्न सक्नेछौं।
सरदार पटेलले कुशाग्र गतिका साथ काम गर्दै साम्राज्यवादको इतिहास विखण्डित गरी भौगोलिक एकता अनि राष्ट्रिय भावनाको निम्ति काम गरे। उनले भारतलाई विखण्डित हुनबाट बचाउनका साथै कमजोर कडीलाई पनि राष्ट्रिय आधारमा सम्मिलित गराए। आज १३० करोड भारतीयले कॉंधमा कॉंध मिलाएर नयाँ, समृद्ध, समावेशी अनि शक्तिशाली भारत निर्माणतर्फ काम गरिरहेका छन्‌। प्रत्येक निर्णय विकासको फल कुनै भ्रष्टाचार वा पक्षपातबिना अति जोखिममा रहेका अन्तिम व्यक्तिसम्म पुग्ने सुनिश्‍चित गराउने दिशामा काम भइरहेका छन्, जस्तो सरदार पटेलले चाहेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad