गफसफ.com, दार्जीलिङ 30 अक्टोबर।
‘जुन दिन भाजपाले गोर्खाल्याण्डको बील सदनमा
पारित गर्छ त्यसदिन पहाड़को जनताले रोशन गिरी अनि विमल गुरूङहरूलाई स्वागत
गर्नेछौं’ उक्त कुरा विनय तामाङले भनेका हुन्। भूमिगत नेता
रोशन गिरीले विनय तामाङहरूलाई जीटीएको कुर्सी त्यागेर गोर्खाल्याण्डको आन्दोलन
गर्ने चुनौति दिँदै त्यसो गरे आफुहरूले समर्थन गर्ने घोषणा गरेपछि तामाङले उल्टै
विमल गुरुङ-रोशन गिरीहरूलाई चुनौति दिएका छन्।
![]() |
Binay Tamang -File Photo |
भाजपाको घटक दल मान्ने भूमिगत नेता विमल गुरुङ-रोश
गिरीहरूलाई तामाङले उल्टै चुनौति दिँदै भाजपालाई गोर्खाल्याण्डको बील संसदमा पास
गर्न लगाउनु अनि पारित गरेको खण्डमा आफुहरूले नै स्वागत गर्नेछौँ भनेका हुन्।
यसक्रममा भाजपाले गोर्खाल्याण्डको बील सदनमा पारित गर्न त टाडाको कुरा तर
पार्टीभित्र समेत प्रस्ताव पारित नगरेको तामाङले दाबी गरेका छन्।
‘गत 10 वर्षदेखि गोर्खाल्याण्डको नाममा दुईजना सांसद
बहुमतले जिताएर संसदमा पुराएतापनि भाजपाले गोर्खाल्याण्डको नाममा केही गरेका
छैनन्। यहाँसम्म कि भाजपाको कोर कमिटीले पनि गोर्खाल्याण्डको मुद्दालाई सहयोग
गर्ने विषयमा अहिलेसम्म प्रस्तावसमेत पारित गरेका छैनन्’ विनय तामाङले रोशन
गिरीहरूलाई जवाब दिँदै भनेका छन्।
यसैक्रममा रोशन गिरीले विनय तामाङहरू जीटीए चुनाव गराउनमा
हतार गरिरहेको भनि लगाएको आरोपको पनि जवाब दिएका छन्। ‘कर्णल रमेश आलेहरूले नै 5
अक्टोबरको दिन केन्द्रिय गृह सचिवसमक्ष जीटीए चुनाउको प्रसङ्ग निकालेका हुन्। यसको
आधारमा हेर्ने हो भने पनि रोशन गिरीहरू गोर्खाल्याण्डको निम्ति होइन तर जीटीए
चुनाउको निम्ति उत्सुक रहेको प्रमाणित हुन्छ’ तामाङले गिरीलाई जवाब दिएका छन्।
यता रोशन गिरीले पहाडमा गणतन्त्र नरहेको आरोप प्रति पनि
विनय तामाङले जवाब दिँदै उल्टै विमल गुरुङ-रोशन गिरीहरूको समयमा पहाडमा गणतन्त्र
नरहेको दाबी गरेका छन्। ‘दार्जीलिङ पहाड़मा गणतन्त्र अनि प्रजातन्त्र नरहेको आरोप
त्यो व्यक्तिले लगाइरहेका छन् जो स्वयं दार्जीलिङ पहाड़को वरिष्ठ राजनैतिक व्यक्तित्त्व
मदन तामाङ हत्याकाण्डको मास्टर माइण्ड रहेको संगीन आरोप झेलिरहेका छन्। 15 जुलाई
2010 मा स्व. मदन तामाङको हत्याकाण्डको सन्दर्भमा प्रसिद्ध राष्ट्रिय अङ्ग्रेजी
दैनिक इण्डियन एक्सप्रेसले सार्वजनिक गरेको भोइस रिकर्डको डिटेल्स जनताले अझै
भुलेका छैनन्’ विनय तामाङले अझै भनेका छन् –‘सीबीआई, सीआईडी अनि अनि पश्चिम बंगाल सरकारलाई स्व. मदन तामाङ
हत्याकाण्डको मुद्दा उक्त भोइस रिकर्डको आधारमा छानबीन शुरू गरी स्व. मदन तामाङको
परिवारलाई न्याय प्रदान गरिदिने पनि म अपील गर्न चाहन्छु।’
यता रोशन गिरीले केन्द्र सरकारले 11 जात गोष्ठीलाई जनजातिको
मान्यता दिन लागेको विषयलाई पनि तामाङले ‘झूट बोलेर नै सत्ता हाँक्ने आदत’ भनि
बयान दिएका छन्।
‘हामीले पुलिस प्रशासन लगाएर मानिसहरूलाई धम्काउने कार्य
गरिरहेको जुन आरोप लगाएको छ त्यो पनि सरासर निराधार रहेको छ। कानून अनि प्रशासन
कसैको गोजीको सम्पति होइन उनीहरूले स्वतन्त्ररूपमा आफ्नो कार्य गर्ने गर्छन्। चाहे
जोसुकै नै किन नहोस् यदि कसैमाथि संगीन अपराधिक आरोपहरू रहेको छ भने कानून अनि
प्रशासनले उनीहरूमाथि कार्वाही गर्छ नै’ विनय तामाङले अझ भनेका छन् –‘यदि उनीहरू
निर्दोष छन् भने कानूनअघाड़ि समर्पण गरेर कानूनी लड़ाई लड़ेर आफूलाई निर्दोष साबित
गर्नुपर्ने हुन्छ।’
यसैक्रममा उनले रोशन गिरी अनि विमल गुरूङ ती तानाशाही
नेतृत्वहरू हुन् भनि उल्टै आरोप लगाएका छन् अनि उनीहरूले नै न्यायपालिका,
कानून अनि प्रशासनभन्दा पनि माथि आफूलाई सोच्ने गर्थे भनि
बताएका छन्।
‘मविरूद्ध पनि धेरै गैर जमानती मुद्दाहरू छन् तर उनलाई चै किन पुलिसले पकड़िदैन भनेर
रोशन गिरीले मुर्खतापूर्ण प्रश्न गरेका रहेछन् जो उसलाई पटक्कै सुहाउँदैन|
किनभने रोशन गिरीलाई थाह छ म उनीहरूजस्तो कानूनलाई अवमान्य
गर्दै भागिन तर कानूनलाई सम्मान गर्दै कानूनी तौरमा मुद्दा लड़ेर सबै मुद्दाहरूमा
जमानत पाइसकेको छु’ विनय तामाङले आफुलाई रोशन गिरीले लगाएको आरोपको जवाब दिएका छन्।
‘यदि रोशन गिरीहरू पनि आफैलाई निर्दोष दावी गर्छन् भने
कानूनलाई अवमान्य गरेर होइन तर कानूनलाई
सम्मान गर्दै न्यायिक मुद्दा लड़ुन्’ तामाङले गिरीहरूलाई भनेका छन्।
No comments:
Post a Comment