गोजमुमो विमल गुरुङ गुटका सुरज बागदास पक्राउ; न्यायालयले पठायो 7 दिनको पुलिस रिमाण्डमा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 31, 2018

गोजमुमो विमल गुरुङ गुटका सुरज बागदास पक्राउ; न्यायालयले पठायो 7 दिनको पुलिस रिमाण्डमा

गफसफ.com, कालेबुङ 31 अक्टोबर।
गोजमुमो भूमिगत नेता विमल गुरुङ गुटका समर्थक मानिने सुरज बागदासलाई कालेबुङ पुलिसले पक्राउ गरेको छ। गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा तृणमूल कङ्ग्रेस पार्टी कार्यालयमा आगो लगाएको आरोपमा उनलाई पुलिसले पक्राउ गरेको हो। यहाँको डा. ग्राह्म होम्स निवासी सुरज बागदासलाई कालेबुङ पुलिसले मङ्गलबार राती पक्राउ गरेको हो।

पक्रा परेका बागदास विरुद्ध पुलिसले भारतीय दण्ड संहिताको धारा 147, 148, 149, 342, 353, 436, 324, 326, 307, 427 अनि आर.डब्ल्यु 15 (ए), 15 (बी) लगायत संशोधित पश्चिम बङ्गाल मेन्टेनेन्स अफ् पब्लिक अडर कानुन अनुसार मुद्दा दर्ता गरेको छ। पक्रा परेका बागदासलाई आज यहाँको न्यायालयमा पेश गरिएको थियो भने न्यायालयले 7 दिनको पुलिस रिमाण्डमा पठाएको छ।

1 comment:

  1. आफ्नै मान्छेलाई पक्रीदा पनि बिनय चुप।।

    ReplyDelete

Post Bottom Ad