कालेबुङका आर्चेरी खेलाडीहरू राष्ट्रिय स्तरको खेलमा चयनित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 10, 2018

कालेबुङका आर्चेरी खेलाडीहरू राष्ट्रिय स्तरको खेलमा चयनित

गफसफ.com, कालेबुङ 10  अक्टोबर।
कालेबुङ। इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशन कालेबुङ र मायेलल्याङ लेप्चा डेभलोपमेन्ट बोर्ड मार्फत यही मई महीनादेखि सञ्चालनमा रहेको मायेलल्याङ आर्चरी एकाडेमीले उत्कृष्ट प्रदर्शन गर्दै 6 महीनाको छोटो अवधिमा नै चार खेलाड़ीलाई राष्ट्रिय स्तरमा पुर्‍याएको छ।


लेप्चाहरूको पारम्परिक खेल मानिने धनुकाँड़ो खेललाई व्यापकता दिने यही सालदेखि कालेबुङमा आर्चरी सेन्टर शुरू गरेको छ। जस मार्फत प्रशिक्षण लिइरहेका नौ खेलाड़ीले64 औ राज्यस्तरीय अन्तर स्कूल धनुकाँड़ प्रतियोगितामा भाग लिएको थियो। जहाँ कुमुदिना विधाश्रमका तीन, माउन्ट कार्मेल स्कूलका एक र चन्द्रमाया स्कूल पुदुङकी अन्य चार खेलाड़ीले भाग लिएका थिए।
मायेलल्याङ एकाडेमीका खेलाड़ी रहेका कुमुदिनी विधाश्रमका छात्र डेरिक लेप्चा, ओङछेन लेप्चा, पेन्डुप लेप्चा र माउन्ट कार्मेल स्कूलकी लिरम लेप्चाले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने भएको छन्। राज्यबाट केवल चारजनाले भाग लिने राष्ट्रिय स्तरको रिकर्भ राउन्ड अर्थात फाइबर बो-मा कालेबुङको आर्चरी सेन्टर मार्फत डेरिक, ओङछेन र पेन्डप गरेर तीन खेलाड़ीले ठाउँ बनाउन सफल बनेका छन्। अन्य एकजना बीरभूमका खेलाड़ी रहेको बताइएको छ।
यता इन्डियन राउन्डको बाँशको धनु हान्ने प्रतियोगितामा लिरम लेप्चा प्रथम बनेकी छिन् भने उनले राष्ट्रिय प्रतियोगितामा भाग लिनेछन्। मायेलल्याङ आर्चरी सेन्टरले पहिलोचोटि नै राज्य स्तरीय प्रतियोगितामा ऐतिहासिक सफलता हाँसिल गरेको भन्दै इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशनले हर्ष व्यक्त गरेको छ। इल्टा अध्यक्ष दोर्जी टी. लेप्चा भने, ‘यो केवल आर्चरी सेन्टरको निम्ति मात्रै होइन तर पहाड़कै निम्ति खुशीको कुरा हो। राज्य स्तरको प्रतियोगितामा हाम्रो नानीहरूको दवदवा रहेको छ। अब पूरै राज्यलाई हाम्रा नानीहरूले प्रतिनिधित्व गर्नेछ। यो समस्त पहाड़वासीको निम्ति नै हर्षको कुरा हो।उनले समस्त खेलाड़ीहरूलाई राष्ट्रिय प्रतियोगितोको सफलताको निम्ति पनि वधाइ दिएका छन्। आर्चरी

No comments:

Post a Comment

Post Bottom Ad