रङ्गली-रङ्गलीयट खण्डमा माछाका भुर्राहरू वितरण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 10, 2018

रङ्गली-रङ्गलीयट खण्डमा माछाका भुर्राहरू वितरण

गफसफ.com, तक्दाह, 10 अक्टोबर।
रङ्गली रङ्गलीयट खण्डमा आज मत्स्य पालक विकास अभिकरण (एफ.एफ.डी.ए) दार्जीलिङद्वारा माछाका भुर्राहरू सँगै चुनाको प्याकेट वितरण गरिएको छ। उक्त खण्डका मोठ 28 जना मत्स्य पालकहरूलाई कन्भरजन एक्सन प्लान अफ् फिसरिज स्कीम विथ एनआरजीए अन्तर्गत माछाका भुर्राहरू सँगै चुनाका प्याकेटहरू वितरण प्रमुख कार्यकारी अधिकारी गरिएको सोनाम छेवाङले जानकारी दिएका छन्।


विशेष गरेर माछा पालनलाई ग्रामीण क्षेत्रमा बडोत्तरी गरिरहेका मत्स्य पालकहरूलाई आज प्रोत्साहन प्रदान गर्न विभागको पक्षबाट उक्त माछाका भुर्राहरू वितरण गरिएको हो। यस अवसरमा रङ्गली-रङ्गलीयट खण्ड विकास अधिकारी सौमिक बासु, एपीओ बुदेश लामा, निलेशमा गुरुङ, एफइओ आदिको उपस्थित रहेको प्रमुख कार्यकारी अधिकारी सोनाम छेवाङले जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad