जमीन माफिया विरुद्ध मुख्यमन्त्रीले हस्तक्षेप गर्नुपर्ने माग; तारा सुन्दासले भने - 'कालेबुङमा सरकारी जमीनको अवैद्य कब्जा चल्दैछ' - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 10, 2018

जमीन माफिया विरुद्ध मुख्यमन्त्रीले हस्तक्षेप गर्नुपर्ने माग; तारा सुन्दासले भने - 'कालेबुङमा सरकारी जमीनको अवैद्य कब्जा चल्दैछ'

गफसफ.com, कालेबुङ 10 अक्टोबर।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगडीमा आएर भू-माफीया विरुद्ध कडा कार्वाही घोषणा गरे पनि यता कालेबुङमा भने सरकारी जमीन कब्जा गर्ने कार्य जारी रहेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्। सुन्दासले आज पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीकै घोषणा पछि सिलगडीमा तृणमूल कङ्ग्रेसकै नेताहरू समेत पक्रा परेको भन्दै यता पहाडमा भने भू-माफीहरूलाई कार्वाही नगरेको सुन्दासको आरोप रहेको छ।
तारा सुन्दास 
उनले कालेबुङको प्रशासनले सरकारी जमीन कब्जा गर्नेहरूलाई प्रशासनले कार्वाही नगरेको भन्दै मुख्यमन्त्री ममता ब्यानर्जीले कार्वाही गर्नुपर्ने माग पनि गरेका छन्। यसक्रममा उनले सरकारी अधिकारीवर्गले पैसा खाएर जमीनको पर्चा समेत बनाउने कार्य गरेको सुन्दासको आरोप रहेको छ। ममता दिदी तपाईँको अधिकारीहरू घुषखोर छतारा सुन्दासले भने। उनले तौजी जमीन बिक्री हुन सक्दैन भन्ने अध्यादेश रहेको बताउँदै कालेबुङमा तौजी जमीन समेत बिक्री गर्ने कार्य भएको दाबी गरेका छन्।
‘तौजी जमीनहरू कहिले पनि कसैको नाउँमा हस्तान्तरण हुँदैन भनि लेखिएको छ। यदि हस्तान्तरण गर्नै पर्‍यो भने जिल्लापाल अथवा कमिश्नरको अनुमति चाहिन्छ भन्ने लेखिएको छ’ तारा सुन्दासले भने। यसक्रममा उनले कालेबुङका तौजी जमीहरू समेत हस्तान्तरण हुँदै गरेको आरोप लगाएका छन्।
यसभन्दा अघि सुन्दासले कालेबुङ नगरपालिका अध्यक्षलाई नगरपालिका क्षेत्रमा रहेका सरकारी जमीनहरू झट्टै नगरपालिकाले अधिग्रहण गर्नु भनि ज्ञापन पत्र समेत दिएको बताउँदै अहिले उक्त सरकारी जमीन अनि तौजी जमीनहरू अवैद्य कब्जा गर्ने कार्य भएको दाबी गरेका छन्। यसक्रममा उनले कालेबुङको थाना डाँडा अघि रहेको सुपर मार्केट भएको जमीन पनि तौजी जमीन रहेको अनि उक्त जमीनलाई 12 जनाको नाउँमा पञ्जीकरण गरिएको भन्दै तौजी जमीनलाई कसरी भूमी सुधार विभागमा पञ्जीकरण गराइयो भनि प्रश्न तेर्साएका छन्। यसक्रममा उनले सरकारी जमीन र विभागीय अधिकारीवर्ग अनि नेताहरू मिलेर अवैद्य कब्जा गर्ने कार्य भइरहेको भन्दै माकपाले अधिकारीवर्गलाई ज्ञापन पत्र बुझाएर अवगत गराउँदा समेत भूमी सुधार विभागबाट कुनै जवाब नआएको सुन्दासले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad