बाघडोग्रा हवाई अड्डामा विनय तामाङको भव्य स्वागत; भने – ‘मेरो विरोध गर्न अनुहारमा आतङ्कवादी जस्तो कालो नकाब लाउनु पर्दैन’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 8, 2018

बाघडोग्रा हवाई अड्डामा विनय तामाङको भव्य स्वागत; भने – ‘मेरो विरोध गर्न अनुहारमा आतङ्कवादी जस्तो कालो नकाब लाउनु पर्दैन’

गफसफ.com, दार्जीलिङ 8 अक्टोबर।
‘म चाड़ै फेरि दिल्ली आउनेछु। किनभने म अरूजस्तो कायर नेता कदापि होइन। म जेल जान पनि तयार छु तर भाजपा अनि विमल गुरूङको झूटको नकाब म अवश्यै उघार्नेछु’ उक्त कुरा विनय तामाङले दिल्लीबाट दार्जीलिङ आइपुग्नसाथ एक प्रेस बिज्ञप्ति जारी गरेर भनेका छन्।

गोर्खा जनमुक्ति मोर्चाको स्थापना दिवा कार्यक्रममा भाग लिन दिल्ली पुगेर कार्यक्रम रद्द भएपछि बोल्न नपाएका तामाङले दिल्लीका मानिसहरूलाई सत्य कुरा बताउन पुगे पनि आफुलाई बोल्न रोक लगाएको आरोप लगाएका छन्। कार्यक्रममा बोल्न नपाई दिल्लीबाट फर्केका तामाङलाई आज बाघडोग्र हवाई अड्डामा पार्टीका कार्यकर्ताहरूले भव्य स्वागत जनाए। उनलाई स्वगात गर्नका निम्ति बघडोग्रा हवाई अड्डामा दार्जीलिङ, कालेबुङ, खर्साङ आदि स्थानबाट धेरै सङ्ख्यामा पार्टी कार्यकर्ताहरू भेला भएका थिए।

दिल्लीबाट फर्केका तामाङलाई पार्टी कार्यकर्ताहरूले भव्य स्वागत गरेपछि उनले सबै कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन्। ‘दार्जीलिङ पहाड़ अनि तराई-डुवर्सका गोर्खाहरूले आज बाघडुग्रामा व्यापकरूपमा भेला भएर हाम्रो एकता अनि अखण्डता भङ्ग गर्न चाहनेहरूलाई गतिलो सन्देश दिएका छन्। यसको निम्ति म सबैलाई ह्रदयबाटै धन्यबाद भन्न चाहन्छु’ विनय तामाङले भनेका छन्।
यसक्रममा उनले आफुलाई स्वागत गर्नका निम्ति भेला भएका जनता पहिलेजा जस्ता पैसामा भेला पारेका भीड होइनन् पनि भनेका छन्। उनले उक्त सङ्केत विमल गुरुङ प्रति गर्दै त्यसो भनेका हुन्। ‘बाघडुग्रामा स्वागत गर्न भेला भएका जनभीड़ पहिलाका नेताहरूले जस्तो पैसा दिएर भेला गरेको भीड़ होइनन्’ विनय तामाङले भनेका छन्। उनले भूमिगत नेता विमल गुरुङ, रोशन गिरीहरूप्रति सङ्केत गर्दै ‘पहिलाका नेताहरूमा जस्तो जनतालाई बाड़्ने सम्पति मसित छैन किनभने उनीहरू प्रशासनिक अनि राजनैतिक दुवै ठाउँमा व्यापक भ्रष्टाचार गरेर कुबेर बनेका थिए’ पनि भनेका छन्।
‘दिल्लीमा हाम्रो सिद्धान्तहरू नरूचाउने समूहहरू पनि छन् भन्ने बुझेर पनि म दिल्ली गएको हुँ। वास्तवमा भाजपाले हामीलाई कसरी ठगिरहेका छन्, कसरी भोट ब्याङ्कको रूपमामात्रै गोर्खाहरूलाई प्रयोग गरिरहेका छन् भन्ने म दिल्लीका हाम्रा मानिसहरूलाई बताउन चाहन्थे, तर मलाई बोल्ने अनुमति दिइएन’ विनय तामाङले प्रेस विज्ञप्तिमा भनेका छन्।
उनले दिल्लीमा कालो नकाब लगाएर विरोध गर्नेहरूलाई विरोध गर्नै थियो भने अनुहारमा कालो नकाब नलगाएर पनि गर्न सक्ने बताएका छन्। ‘हालमा दिल्ली बसोबासो गरिरहेका दार्जीलिङकै केही युवाहरूले अनुहारमा कालो नकाब लगाएर अनि हातमा कालो झण्डा बोकेर मविरूद्ध प्रदर्शन गर्न बसिरहेका थिए। म उनीहरूलाई सत्य कुरा बताउन चाहन्थे, उनीहरूसित बातचीत गर्न चाहन्थे’ तामाङले भनेका छन्। यसक्रममा उनले आफुलाई विरोध प्रदर्शन गर्नुको निम्ति अनुहारमा कालो नकाब लगाएर आतङ्कवादीजस्तो हुने कुनै आवश्यकता छैन पनि भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad