विनय तामाङ परमिसन नपाएर होइन दिल्लीको आक्रोसित जनतालाई सामना गर्ने साहस नभएर नगएको हो’ - अनिल लोप्चन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 8, 2018

विनय तामाङ परमिसन नपाएर होइन दिल्लीको आक्रोसित जनतालाई सामना गर्ने साहस नभएर नगएको हो’ - अनिल लोप्चन

गफसफ.com, कालेबुङ 8 अक्टोबर।
दिल्लीमा गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) लाई स्थापना दिवस पालन गर्न नदिनुको पछी सांसद एस.एस आहलुवालियाको हात रहेको कुरालाई गोजमुमो विमल गुरुङ गुटका अनिल लेप्चनले खारेज गरेका छन्। गोजयुमो केन्द्रिय समितिका उपाध्यक्ष लोप्चनले दार्जीलिङमा सांसद एसस.एस आहलुवालियाको पुत्ला दहन गर्ने कार्यको पनि भर्त्सना जनाएका छन्।


‘दिल्लीमा विनय तामाङलाई दिल्ली पुलिसले बोल्न नदिएको भन्दै यसको पछी सांसद एस एस आहलुवालियाको हात भएको आरोपमा दार्जीलिङमा उनको पुतला दहन गर्नु अनि बीजेपी पार्टीलाई दोष्याउनु आगामी चुनावलाई प्रभावित पार्ने षडयन्त्र मात्र हो’ अनिल लोप्चनले भनेका छन।
यसक्रममा लोप्चनले दिल्लीमा कार्यक्रम रद्द गरिएको बिनोद घलेलाई पुलिसको पत्र गत ६ तारिक नै दिएको भन्दै केवल स्थापना दिवसको दिन सांसदको नाम मुछेर विरोध प्रदर्शन गरेको अनि उक्त कार्य एउटा नियोजित षडयन्त्र रहेको दाबी गरेका छन्। जसको प्रमाण पेश गर्दै उनले पुलिसले जारी गरेको पत्र समेत सार्वजनिक गरेका छन्।
‘बीजेपी नेतृत्वमा केन्द्र सरकारले गोर्खाको ११ जातलाई अनुसूचित जनजातिको दर्जा दिनु आँटेको थाहा पाएर आफ्नो कुर्सी बचाउन विनय तामाङले यस्तो घृणित राजनीति गर्नु जातीय हीतको पक्षमा पटक्कै छैन’ अनिल लोप्चनले अझ भनेका छन – ‘दार्जीलिङको सपना पुरा गर्न केवल केन्द्रले मात्र सक्छ, राज्यले सक्दैन।’
राज्यले गोर्खाल्याण्ड केन्द्रको अधीनको कुरा हो भनेदेखि नै हामीले केवल केन्द्रलाई रिझाउने काम गरेको हो भन्दै उनले केन्द्रले जब गोर्खाहरूको पक्षमा केही राम्रो गर्ने अठोट गर्दैछ त्यति नै बेला प्रधानमन्त्री, बीजेपी अध्यक्षहरूको विरोध गर्दै सांसदको पुत्ला फुक्नु गोर्खाको निधारमा खरानी दल्नु हो भनि बताएका छन्। ‘दिल्लीमा पुलिस कमिश्नरेटबाट जारी पत्रमा सांसद आहलुवालियाको हात रहेको पुष्टि विनय तामाङले गर्नु सक्छ भने आगामी तीनदिन भित्रमा गरेर देखाओस्’ लोप्चनले चुनौति दिएका छन्।
उनले आफ्नो प्रेस विज्ञप्तिमा विनय तामाङले गोर्खा जातिलाई दिएको धोकाको कारणले अधिकांश दिल्लीबासी गोर्खाहरू रुष्ट बनेको दाबी गर्दै जसले दिल्लीमा विरोध प्रदर्शन गरेको बताएका छन्। ‘विनय तामाङ परमिसन नपाएर होइन दिल्लीको आक्रोसित जनतालाई सामना गर्ने साहस नभएर नगएको हो’ अनिल लोप्चनले भनेका छन्।
यसक्रममा उनले तामाङले कुमानी स्थित नयाँ बस्तीमा जनसभामा भने झैं उसको कार्यक्रममा गाउने भनिएको घोषित गायकहरू दिल्ली आएका थिए अनि उनीहरूलाई घोषित स्थानमा कार्यक्रम गर्न नलगाएर दिल्लीको आर के पुरमको तमिल संगम भवनमा उक्त कार्यक्रम गर्नुले उनले आक्रोशित जनताको सामना गर्ने साहस नभएको हो भनेका छन्।
‘दिल्लीबासी गोर्खाको डरले दुलोभित्र लुकेर परमिसन दिएन भन्दै बीजेपीलाई गाली गर्नु, पुत्ला जलाउनु केवल गोर्खाको भाग्य मेट्ने विनयको पोलिटिकल स्टन्ट मात्रै हो’ अनिल लोप्चनले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad