दिल्लीमा रोकियो गोजमुमोको स्थापना दिवस; दार्जीलिङमा जल्यो सांसद आहलुवालीयाको पुत्ला - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, October 7, 2018

दिल्लीमा रोकियो गोजमुमोको स्थापना दिवस; दार्जीलिङमा जल्यो सांसद आहलुवालीयाको पुत्ला

गफसफ.com, दार्जीलिङ, 7 अक्टोबर।
दिल्लीमा गोर्खा जनमुक्ति मोर्चाको 11 औँ स्थापना दिवस समारोह रद्द भयो अनि दार्जीलिङमा लोकसभा सांसद एस.एस आहलुवालीयाको पुत्ला दहन भयो। दिल्लीमा स्थापना दिवस समारोह पालन गर्नमा सांसद एस.एस आहलुवालीयाले नै रोक लगाएको भन्दै उनको विरोधमा गोजमुमो कार्यकर्ताहरूले दार्जीलिङमा पुत्ला जलाएको हो।


यसका साथै सांसद आहलुवालीयालाई अब उसो दार्जीलिङ पहाडमा पाइला टेक्न नदिन चेतावनी पनि दिएको छ। दिल्लीमा गोजमुमोले कार्यक्रम आयोजित गरेको भवनका प्रबन्धकलाई सांसद आहलुवालीयाले फोन गरेर धम्काएको अनि पछिबाट पुलिस लगाएर कार्यक्रम रोकेको आरोप रहेको छ।
पार्टीको स्थापना दिवस कार्यक्रममा विशेष रूपले सहभागी बन्न दिल्ली पुगेका विनय तामाङलाई बोल्न नदिनकै निम्ति कार्यक्रम रोकेको मोर्चाको आरोप रहेको छ। जसको कारण आक्रोशित बनेका पार्टी कार्यकर्ताहरूले एका-एक चौक बजारमा सांसद एस.एस आहलुवालीयाको पुत्ला जलाएको हो।
सांसद आहलुवालीयाको पुत्ला बोकेर शहरमा आएका पार्टी कार्यकर्ताहरूले जोडदार नाराबाजी लगाएका थिए। ‘भारतीय जनता पार्टी मुर्दावाद, एसएस आहलुवालिया मुर्दावाद नाराबाजी गर्दै भेला भएका गोजमुमो कार्यकर्ताहरूले शहर बिचैमा पुत्ला जलाएका हुन्। उनीहरूले पुत्ला जलाउनुको साथै शहरमा पोस्टरिङ समेत गरेको छ।
‘गोर्खाहरूको सपना बेचिदियौ, अब मौलिक अधिकार पनि हनन गरिरहेछौ? गोर्खाहरूका एकमात्र नेता विनय तामाङलाई किन बोल्न दिंदैनौं? हामीलाई गोर्खाहरूको आवाज सुन्न नचाहने सरकार चाहिँदैन’ गोजमुमोले शहरमा टाँसेको पोस्टरमा लेखेको छ।
यसबारे गोर्खा जनमुक्ति युवा मोर्चा प्रवक्ता अरूण छेत्री अनि गोजमुमो दार्जीलिङ महकुमा समिति प्रवक्ता सन्दीप छेत्रीले एकै स्वरमा भाजपा र सांसद एसएस आहलुवालियाको विरोध जनाउँदै दिल्लीमा कार्यक्रम रद्द गर्नु गणतन्त्रको हनन् हो भने।
‘दिल्लीमा गोजमुमो अध्यक्ष विनय तामाङलाई बोल्न नदिनुमा के रहस्य छ? यदि विनय तामाङ आज दिल्लीमा बोल्न पाएको भए भाजपाको छलकपट पर्दाफास हुनेथियो, यसैले भाजपा नेता एसएस आहलुवालियाले उनलाई बोल्न नदिन विभिन्न षढ्यन्त्र गरेका हुन्’ दुवैले एकै स्वरमा भने।

No comments:

Post a Comment

Post Bottom Ad