छुदेन ‘काबिमो’ युवा साहित्य अकादमी पुरस्कारले पुरस्कृत; भने ‘पुरस्कार पाएर जिम्मेवारी बढ्यो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, October 26, 2018

छुदेन ‘काबिमो’ युवा साहित्य अकादमी पुरस्कारले पुरस्कृत; भने ‘पुरस्कार पाएर जिम्मेवारी बढ्यो’

गफसफ.com, ईम्फाल, 27 अक्टोबर।
साहित्य अकादमी युवा पुरस्कार 2018-ले कथाकार छुदेन ‘काबिमो’ पुरस्कृत भएका छन्। शुक्रबार साँझ ईम्फालको ट्राईबल रिसर्च इन्स्टिच्युट अडोटोरियममा आयोजित कार्यक्रममा युवा कथाकार छुदेन काबिमोलाई उनका कथा सङ्ग्रह ‘1986’-को निम्ति नेपाली साहित्यको युवा अकादमी पुरस्कार प्रदान गरिएको हो।


साहित्य अकादमीका अध्यक्ष चन्द्रशेखर काम्ब्राको बाहुलीबाट कथाकार काबिमोलाई वर्ष 2018-को युवा साहित्य अकादमी पुरस्कार प्रदान गरिएको थियो। उनलाई अङ्गवस्त्र ओढाएर स्मृत चिन्ह प्रदान गर्नका साथै नगद राशी 50 हजार रूपियाँ पुरस्कारको रूपमा प्रदान गरिएको छ।
कथाकार छुदेन काबिमोसँगै भारतका मोठ 22 वटा भाषाका लेखकहरूलाई पनि वर्ष 2018 को युवा साहित्य अकादमी पुरस्कार प्रदान गरिएको छ। अघिबाटै घोषणा गरिएको उक्त पुरस्कार शुक्रबार ईम्फालमा एक कार्यक्रमको आयोजना गरेर प्रदान गरिएको हो।
यसभन्दा अघि कथासङ्ग्रह ‘1986’-को निम्ति छुदेन काबिमोलाई मणिपुर साहित्य परिषदद्वारा ‘आशरानी स्मृती पुरस्कार’ प्रदान गरिएको थियो भने यसपल्ट सोहि कृतिले युवा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका छन्।
पुरस्कार प्राप्त गएपछि युवा कथाकार छुदेन काबिमोले हर्ष व्यक्त गर्दै विशेष गरेर मणिपुर साहित्य परिषदका सम्पूर्ण सदस्यवर्गलाई आभार प्रकट गरेका छन्। उनले युवा साहित्य अकादमी पुरस्कार प्राप्त गरेपछि आफ्नो जिम्मेवारी अझ बढेको पनि बताएका छन्।
‘अहिले विशेष गरेर मेरो ध्यान नयाँ कृति (उपन्यास) ‘फातसुङ’-मा रहेको छ। यस्तो अवस्थामा पुरस्कार पाउँदा खुसी लाग्नु स्वाभाविक नै हो। पुरस्कार पाउनु र नयाँ कृति चाँढै आउनुले यसवर्ष मेरो निम्ति साहित्य सिर्जनामा राम्रो समय जुरेको छ भन्ने पनि लागेको छ’ छुदेन काबिमोले भने। उनले आफ्ना कृति ‘1986’ प्रकाशित भएपछि पाठकवर्गले सन् 1986 को आन्दोलनबारे उपन्यास नै लेख्न सकिन्छ भन्ने सुझावहरू दिएपछि अहिले ‘फातसुङ’ उपन्यास लेख्न सकेको अनि उक्त कृति आगमी तिहास पछि प्रकाशित हुने पनि बताएका छन्।
‘फातसुङ’ अर्थात् ‘माटोको माया’ भन्ने कुरा नै उपन्यासमा आधारित छ। जुन उपन्यास सन् 1986 को आन्दोलन माथि आधारित छ। मेरो कथामामा पाठकहरूले आन्दोलनबारे धेर पढ्न पाएनन् होला तर उपान्यास निश्चयनै आन्दोलनको कथा पाउनेछन्’ –छुदेन काबिमोले भने।
उनले युवा साहित्य अकादमी पुरस्कारा प्राप्त गरेपछि लेखन प्रतिको जिम्मेवार अझ बडेको बताउँदै ‘जेसुकै लेख्नु हुँदैन’ भन्ने बोध बडेको पनि बताएका छन्। ‘पुरस्कार पाउँदा पनि लेख्ने नै हो अनि नपाउँदा पनि लेख्ने नै हो। तर, पुरस्कार पाए पछि चाहीँ अब जेसुकै लेख्नु हुँदैन भन्ने बोध हुँदैरहेछ’ काबिमोले भने।

No comments:

Post a Comment

Post Bottom Ad