बिनय तामाङहरूले घुँढा टेकेर बन्दकी राखेको आमालाई वार्ताको मार्फत् फर्काउनेछौँ – अनिल लोप्चन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, October 27, 2018

बिनय तामाङहरूले घुँढा टेकेर बन्दकी राखेको आमालाई वार्ताको मार्फत् फर्काउनेछौँ – अनिल लोप्चन

गफसफ.com, कालेबुङ 27 अक्टोबर।
गोजमुमो विमल गुरुङ गुटका नेता अप्रा. कर्णम रमेश आलेले राज्य सरकारसँग वार्तामा बस्न तयार रहेको भन्दै पत्रचार गरेको खबर सार्वजनिक भएपछि अहिले गोजमुमो कै विमल-बिनय गुटमाझ वाक युद्ध सुरु भएको छ। बिनय गुटले रमेश आलेको बयानलाई केन्द्र गरेर वार्ता बस्ने प्रस्ताव जीटीएको चौकिमा फर्कने प्रयास भनिरहेको छ भने यता बिमल गुटले चाहीँ गोर्खाल्याण्डको मुद्दा चौकिमा साँट्दैनौँ भन्दै स्पष्टिकरण दिइरहेका छन्। 
अनिल लोप्चन - फाइल फोटो 

दुई गुटमाझको वाकयुद्धको क्रममा नै आज विमल गुरुङ गुटका युवा मोर्चा उपाध्यक्ष अनिल लोप्चनले प्रेस बिज्ञप्ती जारी गरेर बिनय तामाङहरूले नै गोर्खाल्याण्डको मुद्दा जीटीएको चौकिसँग साटेको दाबी गरेका छन्।
‘युवा मोर्चा केवल गोर्खाल्याण्ड राज्य निर्माणको निम्ति गठन भएको हो। आन्दोलनकालमा जीटीए मा सम्झौता गर्दा युवा मोर्चाले जीटीए लाई समर्थन पनि गरेन विरोध पनि गरेनौं अनि २०१७ मा युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङलाई सभासद पदबाट इस्तीफा दिन लगाएर आन्दोलनमा होमीएका हौ’ अनिल लोप्चनले बिज्ञप्तीमा भनेका छन्। यसक्रममा उनले  आफुहरू सदैव शान्ति अनि गणतान्त्रिक आन्दोलनमा विश्वास गर्छौं भन्दै गान्धीवादी नीतिलाई आत्मासाथ गरेर वार्ताको माध्यमबाट गोर्खाल्याण्ड राज्य गठनमा सय प्रतिशत विस्वस्त छौं भनि बताएका छन्।
उनले अप्रा. कर्णल रमेश आलेको अधूरो संवाद हेरेर विमल गुरुङ राज्य सरकार सामु घुड़ा टेक्यो अनि उनीहरू जीटीएमा फर्कने प्रयास गरिरहेका छन् भनि विनय गुटका नेताहरूले आरोप लगाएको भन्दै उक्त आरोपहरूको पनि जवाब दिएका छन्।
‘२०१७ को आन्दोलन अवधीमा राज्य सरकार सित वार्ताको निम्ति टोली गठन गरेर पठाएको थियौँ तर, विनय तामाङ एण्ड कम्पनिले शहीदहरुको वलिदान र एक करोड पचास लाख भारतीय गोर्खाहरुको राष्ट्रीय चिन्ह्रारीलाई जीटीए को बोर्ड अफ एडमिनिसट्रेशनको अध्यक्षको चौकी सित साट्ने काम विनय तामाङहरुले गरेको हो कि होइन?’ अनिल लोप्चनले प्रश्न तेर्साएका छन्।
यसक्रममा उनले जारी विज्ञप्तीमा विमल गुरूङको बचाउ गर्दै विनय तामाङ जीटीएको चौकीमा बसेर विमल गुरुङलाई जीटीएमा फर्कनु इच्छुक छ भन्नु जण्डिस लागेको मान्छेले अरु लाई पनि पहेंलै देख्छ भनेको जस्तो हो भनि बताएका छन्। ‘विमल गुरुङले राज्य सरकारसित घुड़ा टेक्यो भनेछ। हामीले चाहीँ २०१७ मा विनय तामाङ एण्ड कम्पनिले घुड़ा टेकेर बन्दकी राखेको आमालाई ससम्मान वार्ताको माध्यमबाट उकासेर जाती कै शीर ठाडो पार्ने कोशिशमा छौं। वार्तामा हामी राजनैतिक स्थायी समाधान चाहान्छौं तर विनयी तामाङ जीटीएको चौकी बचाउन मा नै तलिन छ’ अनिल लोप्चनले गोजमुमो बिनय गुटलाई कटाक्ष गर्दै भनेका छन्।
यसैक्रममा लोप्चनले भूमिगत भएरै पनि विमल गुरुङले चाड़ै ११जात गोष्ठीलाई जनजातिको मान्यता दिलाएर अनि स्थायी समाधान लिएर आउने छ भन्दै सबैलाई धैर्यता र एक भएर बसि दिने अनुरोध पनि गरेका छन्।

1 comment:

  1. चाहे राज्यसँग चाहे जो सँग गेरखर्खालेन्डकोलागी बार्तामा बस्नु नराम्रो होइन होइन पटकै होइन

    ReplyDelete

Post Bottom Ad