विमल गुरूङलाई गोर्खाल्याण्डको होइन चौकीको लोभ छ – सूरज शर्मा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, October 26, 2018

विमल गुरूङलाई गोर्खाल्याण्डको होइन चौकीको लोभ छ – सूरज शर्मा

गफसफ.com, दार्जीलिङ 26 अक्टोबर।
विमल गुरूङहरूले राज्य सरकारसित वार्ता गर्ने अनुरोध गर्दै पत्राचार गरेर हामीले रोजेको मार्ग नै पहाड़ अनि पहाड़वासीको निम्ति सही निर्णय रहेको प्रमाणित भएको छ। विमल गुरूङको राजनैतिक अदूरदर्शिता अनि जिद्दीपनाले गर्दा 105 दिनको पहाड़ बन्द, हिँसा अशान्ति, 11 जना निर्दोषहरूको मृत्यु अनि हजारौं जनाले जेलको यातना भोग्नुपरेको पनि स्पष्ट भएको छ’ – उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) का केन्द्रिय समिति प्रवक्ता सूरज शर्माले प्रेस बिज्ञप्ती जारी गरेर भनेका हुन्।
सुरज शर्मा - फाइल फोटो 
गतवर्ष चलेको 105 दिनको बन्द अवधी भूमिगत बनेका विमल गुरुङ गुटका नेता रमेश आलेले मुख्यमन्त्री ममता ब्यानर्जीलाई वार्ता बस्ने प्रस्ताव दिँदै पत्रचार गरेको कुरा सार्वजनिक भएपछि विमल गुरुङहरूको नियत सार्वजनिक भएको पनि प्रवक्ता शर्माले बताएका छन्। एकातिर जनतासामु सहिदहरूको योगदानको भावनात्मक ब्ल्याकमेल गर्दै अर्कोतिर ब्याक डुअरबाट राज्य सरकारलाई वार्ता बस्न सुटुक्कै चिठी लेख्ने विमल गुरूङहरूको नियतबारे अब जनतालाई भनिरहने दर्कार रहेन तथापि, उनीहरूको उक्त कर्तूतलाई लिएर उब्जिएका कतिपय प्रश्नहरू यहाँ राखिरहेका छौं’ –शर्माले विमल गुरुङ गुटप्रति प्रश्न तेर्साउँदै भनेका छन्।
‘यदि राज्य सरकारसित वार्ता गर्नु नै थियो भने 2017 मा विनय तामाङ अनि अनित थापाले वार्ताको ढोका खोल्दा किन हामीलाई माटो विरोधीको संज्ञा दिँदै पहाड़बाट खेद्नेसमेत फरमान जारी गरियो?’ – प्रवक्ता सूरज शर्माले विमल गुरुङ गुटलाई पहिलो प्रश्न तेर्साएका छन्।
यसैक्रममा विमल गुरुङले हिज बरूण भुजेलको पहिलो पूण्यतीथि पालन गर्दै गोर्खाल्याण्ड गठनको निम्ति शपथ ग्रहण गरेको भिडियो सार्वजनिक गरेका थिए। यता उनले गोर्खाल्याण्डको निम्ति शपथ ग्रहण गरेको भिडियो सार्वजनिक भएको थियो भने अर्कोतर्फ उनकै समुहका रमेश आलेले मुख्यमन्त्रीसँग वार्ता बस्नका निम्ति पत्रचार गरिसकेको खुलस्त पारेका थिए। यस विषयलाई लिएर पनि प्रवक्ता शर्माले प्रश्न गरेका छन्।
‘गोर्खाल्याण्डको निम्ति भनेर 105 दिनको पहाड़ बन्द, हिँसा अशान्ति, 11 जना निर्दोषहरूको मृत्यु अनि हजारौं जनाले जेलको यातना भोगाएर अहिले राज्यसित वार्ता गर्नु के यही हो विमल गुरूङको प्रतिवद्धता अनि सहिदहरूको अघि गरेको शपथ ग्रहण?’ –सूरज शर्माले प्रश्न गरेका छन्। ‘एकवर्षपछि आखिर राज्य सरकारसितै वार्ता गर्नुथियो भने एकवर्षअघि चै शान्ति अनि गणतन्त्र बहाली गर्ने विनय तामाङ अनि अनित थापाको विरोध किन गरियो?’ उनले थप विमल गुरुङ अनि उनका टोलिलाई सोधेका छन्।
यसैक्रममा शर्माले वितेको वर्षको 29 अगस्त 2017को दिन नवान्नमा आयोजित वार्तामा विमल गुरूङले विनय तामाङ अनि अनित थापालाई गोर्खाल्याण्डको निम्तिमात्रै वार्ता गर्नुपर्छ भनेर फतवा नै जारी गरेको थियो भन्दै उक्त वार्तामा विनय तामाङ अनि अनित थापाले गोर्खाल्याण्डको मुद्दा उठान गरेको पनि बताएका छन्। उनीहरूले वार्तामा गोर्खाल्याण्डको कुरा उठान गरेपछि मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खाल्याण्ड संवैधानिक माग रहेको तर उक्त मुद्दा राज्य सरकारको नभएर केन्द्रको मुद्दा रहेको स्पष्टरूपमा भनेको पनि सुरज शर्माले स्मरण दिलाउँदै तर गोर्खाल्याण्ड दिन्छु भन्ने केन्द्र सरकारले भने गोर्खाल्याण्डबारे अहिलेसम्म एक शब्द बोलेको छैन भनि उनले बताएका छन्।
‘विमल गुरूङ यदि इमान्दार रहेको छ भने जनतालाई मूर्ख बनाउनुतिर नलागेर केन्द्र सरकारलाई गोर्खाल्याण्डको बील सदनमा पेश गर्नु दबाउ दिउन् भनी हामी सुझाउ दिँदछौं’ सूरज शर्माले अझ भनेका छन् – ‘सबैभन्दा दुःखलाग्दो कुरा के रहेको छ भने हिजो वरूण भूजेलको पुण्यतिथिलाई गोर्खाल्याण्डको शपथ दिवस भनेपनि वरूण भूजेलकै घरमा गएर राज्यसित वार्ता बस्ने इच्छा व्यक्त गर्नु अनि यसको निम्ति राज्य सरकारलाई पत्राचारसमेत गरिसकेको कुरा गर्नु भनेको वरूण भूजेलको शहादतको सम्मान गर्नु होइन तर उनको गोर्खाल्याण्ड प्राप्तिको सपना अनि योगदानको अपमान गर्नु हो।’
यसक्रममा उनले सहिद वरूण भूजेलकै घरमा गएर यस प्रकारको बयान सार्वजनिक गर्नु सहिद परिवार अनि सहिदको अपमान गर्नु रहेको पनि दाबी गरेका छन्।
‘विमल गुरूङले पहिलैदेखि सहिदहरूको बलिदानलाई बेचेर सत्तामा बस्दै आइरहेका हुन्। सिप्सुमा 3 जनाको हत्या भएपछि 2011 सालमा उनले जीटीएमा सम्झौता गरे। 2013 मा तेलेङ्गना राज्य बनिँदा उनले जीटीएबाट रिजाइन गरेपछि फेरि मङ्गलसिहँ राजपूतले गोर्खाल्याण्डको निम्ति आत्मदाह गरेपछि विमल गुरूङले फेरि जीटीए चीफकै शपथ ग्रहण कलकत्ता गएर गरेका हुन्। यसपछि यसपालि 11 जनालाई गोर्खाल्याण्डको नाममा बलि चड़ाएपछि फेरि जीटीएको चौकीमा बस्नलाई उनी राज्य सरकारसित तारतम्य मिलाउने प्रयास गरिरहेका छन्। विमल गुरूङलाई गोर्खाल्याण्डको होइन चौकीको लोभ छ। सहिदको सम्मान होइन विमल गुरूङको मनमा सत्ताको स्वार्थ लुकेको छ’ – प्रवक्ता सूरज शर्माले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad