बिजनबारीमा धारिलो हतियारले प्रहार गरी एकजनाको हत्या - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 17, 2018

बिजनबारीमा धारिलो हतियारले प्रहार गरी एकजनाको हत्या

गफसफ.com, बिजनबारी  18 अक्टोबर।
दार्जीलिङ जिल्ला अधिनस्थ चुङथुङमा 46 वर्षिय आनन्द गुरुङको हत्या भएको छ। उनी सुनकोश मेची टिस्टा मुक्ति मोर्चा (सुमेटी) नामक रजनैतिक दलका केन्द्रिय सदस्य रहेका थिए। उनको हत्या राजनैतिक कारणले नभएर आपसी मरभेदको कारण गरिएको हो भन्ने पुलिस सुत्रको भनाइ रहेको छ। बिजनबारी खण्डको चुङथुङ तामसाङ समष्टि अन्तर्गत चुङथुङ लोवर डिभिजनका बासिन्दा आनन्द गुरुङको हत्याले गाउँमा अशातिको वातावरण छाएको छ।

घट्ना मङ्गलबार साँझ भएको हो। प्राप्त जानकारी अनुसार लोवर चुङथुङ डाडा गाउँमा अवस्थित गुरुङ आफ्नै घरमा रहेको समय उनलाई धारिलो हतियारले प्रहार गरिएको थियो। धारिलो हतियारको उनको घिच्रोमा प्रहारपछि दार्जीलिङ सदर अस्पतालमा उनलाई उपचारको निम्ति ल्याइपुर्‍याइएको थियो भने अस्पतालमा नै उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

No comments:

Post a Comment

Post Bottom Ad