सहिद बरूण भुजेलको मृत्युलाई ‘शपथ’ दिवसको रूपमा पालन गर्ने विमल गुरुङको घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 22, 2018

सहिद बरूण भुजेलको मृत्युलाई ‘शपथ’ दिवसको रूपमा पालन गर्ने विमल गुरुङको घोषणा

गफसफ.com, कालेबुङ 23 अक्टोबर।
छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समय गतवर्ष जेलहिरासतमा मृत्यु भएको गोजमुमो कार्यकर्ता बरूण भुजेललाई भूमिगत नेता विमल गुरुङले सम्झना गरेका छन्। उनले एक प्रेस बिज्ञप्ती जारी गरेर बरूण भूजेलको मृत्यु दिवसलाई आगमी 25 अक्टोबरका दिन शपथ दिवसको रूपमा पालन गर्ने घोषणा गरेका छन्।


‘गोर्खाल्याण्डको निम्ति संघर्ष गर्दा पश्चिम बंगाल पुलिसको क्रूर पञ्जामा परेर कस्टडियल डेथ- को शिकार बनेका संग्रामी शहीद  बरूण भूजेलको पुण्यतिथि आगामी 25 अक्टोबरलाई हामी गोर्खा जनमुक्ति मोर्चाले शपथ दिवस को रूपमा पालन गर्ने निर्णय लिएको जानकारी गराउँदछु’ विमल गुरुङले जारी बिज्ञप्तीमा भनेका छन्।
गुरुणले वरूण भुजेलको मृत्यु भएको वर्ष दिन पुग्दा पनि परिवार पक्षले न्याय नपाएको दाबी गरेका छन्। यसका साथै बङ्गाल पुलिसले भुजेलको मृत्युको कारण बताउन नसक्ने पनि आरोप लगाएका छन्।
‘विश्वकै वृहत्तम प्रजातान्त्रिक देश भारतमा संविधानको सुरक्षामा खटिएका पुलिसद्वारा नै नागरिक जीवनको सुरक्षा सम्बन्धी संवैधानिक अधिकारको हनन गरिएको एउटा कालो दिन थियो बरूण भुजेलको ‘कटडियल डेथ’’ –विमल गुरुङले जारी वियप्तीमा भनेका छन्। यसका साथै उनले भुजेलको मृत्यु भारतभरी छरिए बसेका गोर्खाहरूको स्वाभिमानको निम्ति अनि गोर्खाल्याण्ड प्राप्तिको निम्ति रहेको भन्दै उनको सपना पुरा गर्ने जिम्मा सम्पूर्ण गोर्खाहरूले लिएको हुनपर्ने पनि गुरुङले आह्वान गरेका छन्।
‘आउनुहोस्, आगामी 25 अक्टोबरलाई हामीले पहिलो सपथ दिवसको रूपमा भारतभरी गोर्खा बसेको प्रत्येक घर आँगनमा पालन गरौँ। घरमा, चौकमा, मन्दिर-गुम्बा-गिर्जा-मस्जिदमा दियो-मोमबत्ती बालेर सहिदको सपना पुरा गर्ने शपथ लिँदै सहिद बरूण भुजेलको आत्माको चीर शान्तिको प्रार्थना गरौँ’ विमल गुरुङले भनेका छन्।
समग्र गोर्खाहरूले आफ्नो घरमा, चोक, मन्दिर,गिर्जा, गुम्बा, मस्जिदहरूमा दीयो अनि मोमबत्तीहरू बालेर वरूण भूजेलको निधन भएको दिनलाई शपथ दिवसको रूपमा पालन गरिदिने विमल गुरूङले आफ्नो विज्ञप्तिमा आह्वान गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad