दार्जीलिङ पहाड लगायत राँची, कोलाकाता अनि अन्य ठाउँहरूमा फूलपाती पालन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, October 17, 2018

दार्जीलिङ पहाड लगायत राँची, कोलाकाता अनि अन्य ठाउँहरूमा फूलपाती पालन

गफसफ.com कालेबुङ, 17 अक्टोबर ।
जातिय एकताको रूपमा प्रत्येक वर्ष पालन गरिने फूलपाती यसवर्ष पनि भिन्न ठाउँहरूमा भव्यताको साथ पालन गरिएको छ। फूलपातीको अवसरमा विभिन्न ठाउँका गोर्खाहरूले आ-आफ्नै ठाउँहरूमा सांस्कृतिक र्यावली निकालेर फूलपाती पालन गरेको छ।


विशेष गरेर विगतवर्ष छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा चलेको 105 दिनको बन्दले दार्जीलिङ पहाडमा फूलपाती भव्यतासाथ पालन हुन सकेको थिएन भने यसवर्ष भने दार्जीलिङ पहाडभरी नै फूलपाती शोभयात्रा निकाल्ने कार्य सम्पन्न भएको छ। यसका साथै सिलगडी, सिक्किम, सलुवा अनि राँचीका गोर्खाहरूले फूलपाती शोभायात्रा भव्यतासको साथ निकालेका थिए।
दार्जीलिङ 
दार्जीलिङमा पनि यसवर्ष फूलपाती शोभात्रा विगत वर्षहरू झै यसवर्ष पनि भव्यतासको साथ पालन गरिएको थियो। गोर्खा जनमुक्ति मोर्चा अनि दुर्गा पूजा आयोजक समिति दार्जीलिङको संयुक्त आयोजनामा उक्त फूलपाती समारोह भव्यरूपमा सम्पन्न भएको थियो।
दार्जीलिङ मोटर स्ट्याण्डबाट मानिसहरूको व्यापक उपस्थितिको साथमा सांस्कृतिक फूलपाती शोभायात्रा निकालिएको थियो। उक्त सांस्कृतिक शोभायात्राले दार्जीलिङ शहर परिक्रमा गर्दै चौरास्ता परिसरसमा पुगेर समापन भएको थियो। यस अवसरमा विभिन्न संघ संस्था अनि सामाजिक एवं जातगोष्ठीका प्रतिनिधीवर्गले सांस्कृतिक झलक- झाँकीहरू प्रस्तुत गरेका थिए।
कालेबुङ
गोर्खा संस्कृति संरक्षण समितिको अनि फूलपाती आयोज समितिको विशेष आयोजनाका कालेबुङमा पनि भव्यताको साथ फूलपाती शोभायात्रा पालन गरिएको छ। यस अवसरमा विभिन्न संघ संस्था अनि समाजिक सस्ंथाका प्रतिनिधीवर्ग सँगै विशेष व्यक्ति विशेष उक्त सांस्कृतिक शोभायात्रामा सहभागी बनेका थिए।

गोर्खा संस्कृति संरक्षण समितिको शक्ति स्थानबाट सुरु भएको उक्त सांस्कृतिक शोभायात्राले थाना डाँडा हुँदै डम्बर चौक, दश माइल, आरसी मिन्त्री रोड भएर मेलाग्राउण्डमा आइपुगेर समापन भएको थियो। यस अवसरमा मानिसहरू आफ्ना सास्ंकृतिक पहिरहनको साथमा सांस्कृतिक झाँकीहरूको साथमा सहभागी बनेका थिए।
झारखण्ड / राँची
झारखण्ड राँचीका गोर्खा समुदायले पनि फूलपाती शोभायात्रा निकालेर आफ्नो संस्कृतिलाई जीवित राख्ने कार्य गरेका छन्। जातिय एकताको रूपमा पालन गरिने फूलपातीलाई झारखण्ड राँचीका गोर्खाहरूले सन् 1880 मा गोर्खा बटालियन को स्थापना भएदेखि नै पालन गर्दै आइरहेका छन् भने उक्त परम्परालाई यसवर्ष पनि उनीहरूले जीवित राख्ने कार्य गरेका छन्।

झारखण्ड राज्यको राजधानी राँचीमा बसोबास गर्दै आइरहेका गोर्खाहरूले आफ्ना पारम्परिक वेशभूषाको साथ सजिएर फूलपाती शोभायात्रा खुशीयालीको साथमा निकालेका थिए। फूलपातीको अवसरमा गोर्खा समुदायका मानिसहरूले राँचीमा सांस्कृतिक शोभायात्रा निकालेपछि हेर्ने मानिसहरूको पनि भीड जमेको थियो। गोर्खा जनसमुदायद्वारा आफ्नो संस्कृतिको धरोहरलाई झारखण्डको राजधानी राँचीमा लामो समयदेखि जोगाउने कार्य गर्दै आएको कारण अहिलेका पीडिँहरूले पनि उक्त परम्परालाई जोगाउने कार्य गरिरहेको आयोजन समितिके बताएकाअ छन्।
कोलकोता / सलुवा
इस्टर्न फ्रन्टियर राइफल्स (ईएफआर) का जवानहरूले कोलकोताको सलुवामा सांस्कृतिक फूलपाती शोभायात्रा भव्यताको साथमा निकालेर पालन गरेको छ। जातिय परम्परा अनि संस्कृतिलाई जीवित राख्दै सलुवामा रहेका गोर्खा समुदायका मानिसहरूले पालन गरेको उक्त पूलपाती कार्यक्रममा उक्त ठाउँमा गोर्खा समुदायका मानिसहरू धेरै संख्यामा भेला भएका थिए। 
यस अवसरमा उनीहरूले शोभायात्राको पनि आयोजना गरेका थिए भने उक्त शोभायात्रमा ईएफआरका जवानहरूसँगै अन्य गोर्खाहरू पनि सरिक बनेका थिए। कोलकोताको सलुवामा गोर्खा समुदायका मानिसहरूले पालन गरेको उक्त फूलपाती शोभायात्रा हेर्न लायकको रहेको थियो।  

No comments:

Post a Comment

Post Bottom Ad