टिस्टा नदिमा झर्‍यो स्करपियो; एकजनाको घट्ना स्थलमै मृत्यु तीनजना घाइते - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 11, 2018

टिस्टा नदिमा झर्‍यो स्करपियो; एकजनाको घट्ना स्थलमै मृत्यु तीनजना घाइते

गफसफ.com, कालेबुङ 12 अक्टोबर। 
सिक्किमबाट सिलगडी तर्फ गइरहेको सेतो स्करपियो (SK04P-1296) कालिझोडा नजिक टिस्टा नदिमा झर्दा एकजनाको घट्ना स्थलमा नै मृत्यु भएको छ भने एकजनाको अवस्था चिन्ताजनक रहेको छ। दुर्घट्नामा परेर मृत्यु हुने कोलकोता निवासी गिरीस चन्द्र अग्रावल (50) को रूपमा चिन्हित भएको छ भने घाइते हुनेहरूमा दुईजना क्रमैले उडिस्सा निवासी डी मुण्डा अनि बी.के धरुवा सँगै सिक्किम निवासी चालक डी.एस राई रहेका छन्।

उक्त दुर्घट्ना आज बिहान लगभग 6:30 बजेतिर भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार सिक्किमबाट सिलगडी जाने क्रममा उक्त स्करपियो द्रुत गतिमा रहेको थियो। वाहनमा सवार यात्रीहरू बाघडोग्रा हवाई अड्डा गइरहेका थिए भने उनीहरू बघडोग्रा हवाई अड्डामा पुगेर यात्रा गरु रहेको थियो। जसको निम्ति उनीहरू द्रुत गतिको साथमा यात्रा गरिरहेका थिए। सोही समय विपरित दिशाबाट आएको एउटा वाहनलाई बाटो दिनेक्रममा चालकले नियन्त्रण हराएपछि वाहन सोझै टिस्टा नदिमा झर्न पुगेको हो।
द्रुत गतिमा रहेको उक्त स्करपियो सडकबाट सोझै टिस्टा नदिमा झरेपछि वाहनमा सवार दिनेश चन्द्र अग्रवालको घट्ना स्थलमानै मृत्यु भएको हो। वाहनसँगै नदिमा झरेका अन्य तीनजना भने नदिबाट तरेर एउटा ढुङ्गाको किनारामा सुरक्षित निस्कन सकेको कारण बाँचेका छन्। पछिबाट उनीहरूलाई हाइवे हिमालयन म्यानेजमेन्ट सोसाइटीका कार्यकर्ताहरूको सहयोगमा उद्धार गरिएको हो। दुर्घटनाको कारण एकजनाको अवस्था भने चिन्ताजनक रहेकोजानकारी प्राप्त भएको छ भने उनीहरू सबैलाई सिलगडी रेफर गरिएको छ।
उक्त दुर्घट्ना आज बिहान लगभग 6:30 बजेतिर भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार भारतीय सञ्चार निगम लिमिटेड सिक्किममा भाडामा चलिरहेको उक्त वाहन सिक्किमबाट सिलगडी जानेक्रममा दुर्घट्ना ग्रस्त भएको हो। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत कालिझोडा नजिक बाटोबाट सोझै उक्त वाहन टिस्टा नदिमा झरेपछि वाहनबाट तीनजना मानिसहरू भने बाहिर निस्केर नदीको किनारामा देखिको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad