गोर्खाहरूको समस्या राष्ट्रिय स्तरमा समाधान गर्नुपर्ने माग गर्दै फिगाले गृहमन्त्री राजनाथ सिंहसँग गर्‍यो वैठक - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, October 14, 2018

गोर्खाहरूको समस्या राष्ट्रिय स्तरमा समाधान गर्नुपर्ने माग गर्दै फिगाले गृहमन्त्री राजनाथ सिंहसँग गर्‍यो वैठक

गफसफ.com, नयाँ दिल्ली, 15 अक्टोबर ।
छुट्टै राज्य गोर्खाल्याण्ड गठनको लक्ष्य राखेर गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिको विशेष पहलमा गठन भएको फेडेरेशन अफ् इण्डियन गोर्खा एसोसिएशन (फिगा)-को जम्बो टोलिले गृहमन्त्री राजनाथ सिंहलाई भेट गरेका छन्। आइतबार टोलिले गृहमन्त्री राजनाथ सिंहलाई उनकै निवास स्थानम अकबर रोडमा भेट गरेको हो।

भारतको बिभिन्न राज्यका प्रतिनिधीवर्गको टोलिले गृहमन्त्री राजनाथ सिंहलाई भेट गरेर भारतीय गोर्खाहरूले भोग्न परिरहेको परिचयको सङ्कटलाई समाधान गर्नुपर्ने माग गरेको जीएसएसका अध्यक्ष किरण विकेले जानकारी दिएका छन्। आधाघण्टा लामो भेटघाटमा जम्बो टोलीले गोर्खाहरूको राष्ट्रिय चिन्हारी र सुरक्षाको मुद्दालाई लिएर गठित फिगाको विषयमा राजनाथ सिंहलाई अवगत गराउनु रहेको बिकले जनाएका छन्।
‘फिगाको नेतृत्वमा आज जम्बो डेलिगेसनले भारतका गृहमन्त्री राजनाथ सिंहलाई उनकै निवास स्थानमा अनौपचारिक भेटघाट गरेको छ। भेटघाटको अवसरमा राष्ट्रभरीका गोर्खाहरूको राष्ट्रिय चिन्हारी र सुरक्षाको मुद्दाबारे अवगत गराउँदै देशभरीका गोर्खाहरूलाई लिएर फिगा गठन गरिएको सन्दर्भमा अवगत गराएका छौँ’ –किरण बिकेले भने।
राजनाथसिंहसँग भएको वैठक अत्यन्तयै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको पनि उनले जानकारी दिएका छन्। यस अवसरमा फेडेरेशन अफ् इण्डियन गोर्खा एसोसिएशन (फिगा) को संयोजक अञ्जनी शर्मा भुजेलले फिगा गठनको अवाश्यक्ताबारे गृहमन्त्रीलाई जानकारी गराएको पनि उनले बताएका छन्। यसै अवसरमा गृहमन्त्रीलाई एनआरसीको सन्दर्भमा गृहमन्त्रालयले असमका गोर्खाहरूलाई सूचीकृत गरिएको सन्दर्भमा आभर प्रकट गर्दै सम्मानित गरिएको पनि किरण बिकेले जानकारी दिएका छन्।
‘हामीले गोर्खाल्याण्ड भारतीय गोर्खाहरूको राष्ट्रिय समस्या हो भन्ने कुराको अवगत गरायौँ। यसैकारण समस्यालाई समाधान गर्नका निम्ति राष्ट्रव्यापी पहल गरिनुपर्छ’ किरण बिकेले अझ भने –‘अहिलेसम्म यो समस्यालाई क्षेत्रिय समस्याको रूपमा हेरेर समाधान गर्ने प्रयास गरेकै कारण यो समस्या राष्ट्रिय रूपमा जस्ताको त्यस्तै छ। यसैकारण केन्द्र सरकारले यो समस्यालाई राष्ट्रिय रूपमा समाधान गर्नुपर्छ।’ यसैक्रममा उनले गृहमन्त्री समक्ष अहिलेघरी दार्जीलिङमा चलिरहेको अघोषित अपातकालबारे अवगत गराएको बताएका छन्।
‘दार्जीलिङमा अहिले जुन स्थिति छ त्यो अघोषित आपतकाल हो। यसैकारण यो विषयमा पै केन्द्रले हस्तक्षेप गर्नुपर्छ’ किरण बिकेले गृहमन्त्री समक्ष जम्बो डेलिगेसनको पक्षबाट बताएको जानकारी दिएका छन्। उनले पहाडबाट भारतीय जनता पार्टीलाई दुईचोटि लोकसभा चुनावमा बिजयी बनाएर पठाएको कारण गोर्खाल्याण्डबारे बुझाउने आवश्यक्ता नभएको कारण अब केन्द्रले समस्यालाई समाधान गर्न त्रिपक्षीय वार्ताको पहल गर्नुपर्ने पनि किरण बिकेले गृहमन्त्री समक्ष माग गरेको बताएका छन्।
वैठकमा फिगाका सदस्य नर्बु छिरिङ लेप्चाले दार्जीलिङ पहाडमा भइरहेको पुलिसी अत्याचारबारे केन्द्र सरकारले एसआइटी गठन गर्नुपर्ने माग राखेको पनि उनले बताएका छन्। यसैक्रममा मणिपुरका प्रतिनिधिवर्गले मणिपुर पिपल एक्ट विषयमा त्यहाँका गोर्खाहरूले भोग्न परिरहेका समस्याहरूलाई समाधान गर्नुपर्ने माग गरेको पनि किरण बिकेले जानकारी दिएका छन्। यसैक्रममा आसमबाट प्रेम तामाङले एनआरसी सन्दर्भमा गृहमन्त्रालयबाट जारी अधिसूचनाले गोर्खाहरूले न्याय पाएको गृहमन्त्रीलाई अवगा गराउने कार्य गरेको उनले बताएका छन्।
वैठकको क्रमम गृहमन्त्री राजनाथ सिंहले प्रतिनिधी टोलिलाई गोर्खाहरूको समस्यालाई भारत सरकारले गम्भीरतासँग हेरिरहेको बताउँदै त्रिपक्षीय वार्ता आयोजना गर्नका निम्ति राज्यको स्वीकृती हुनपर्ने भएकै कारण अहिले त्रिपक्षीय वार्ता गर्न नसकेको टोलिलाई अवगत गराएको उनले जानकारी दिएका छन्। यसक्रममा समस्यालाई राजनैतिक रूपले समाधान गर्नका निम्ति भाजपा अध्यक्ष अमित शाहलाई भेट गर्ने पनि गृहमन्त्री सुझाएको बताएका छन्।
गृहमन्त्रीसँगको भेटघाट पछि उक्त जम्बो डेलिगेसनले क्याबिनेट मन्त्री कलराज मिश्रसँग भेटघाट गरेको किरण बिकेले जानकारी दिएका छन् भने उक्त भेटघाटमा पनि गोर्खाहरूले भोग्न परिरहेको समस्याबारे अवगत गराउने कार्य भएको उनले बताएका छन्। यसक्रममा उनले क्षेत्रिय सांसदलाई पनि साथमा लिएर कार्य गर्नुपर्ने सुझाएको बताएका छन्। जम्बो डेलिगेसनले जसराज मिश्रसँगको भेटघाटपछि सांसद एस.एस आहलुवालीयासँग भेटघाट भएको पनि उनले जानकारी दिएका छन्।
‘गृहमन्त्रीसँगको भेटघाटमा भारतव्यापी गोर्खाहरूको समस्यालाई समाधान गर्नका निम्ति हामीले भारतभरीकै गोर्खाहरूका राजनैतिक-अराजनैतिक सङ्गठनका प्रतिनिधीवर्गलाई लिएर फिगा गठन गरेर कार्य गरिरहेको बताएका किरण बिकेले बताए। जुन कुरा सुनेपछि गृहमन्त्री राजनाथ सिंहले ‘तपाईँहरूले अझै ढिलो गर्नुभयो यो काम’ भनेको किरण बिकेले गृहमन्त्रीलाई उद्दृत गर्दै बताएका छन्।

1 comment:

Post Bottom Ad