आथिङन्यू आजेम रेबिका नाम्चुमोको स्मरणमा 340 नयाँ लेप्चा गीतः प्रतियोगितामा गीतडाब्लिङ र तोदे विजयी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 29, 2018

आथिङन्यू आजेम रेबिका नाम्चुमोको स्मरणमा 340 नयाँ लेप्चा गीतः प्रतियोगितामा गीतडाब्लिङ र तोदे विजयी

गफसफ.com, कालेबुङ 29अक्टोबर।  
आथिङन्यू आजेम रेबिका लेप्चाको स्मरणमा यसचोटि पुदुङको सीएमडी भवन परिसरमा लेप्चा गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो। इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशनद्वा आयोजित उक्त प्रतियोगितामा इल्टा अधिनस्थ 340 वटा क्योङले आफै गीतको सिर्जना गरेर गायन र नृत्य प्रतियोगितामा भाग लिएका थिए। जहाँ गीतडाब्लिङ ठोम र तोदे ठोम विजयी बनेको थियो।


इल्टाको स्थापनाकालमा महत्वपूर्ण योगदान दिने आथिङन्यू आजेम रेबिका नाम्चुमो लेप्चाको स्मरणमा आज यहाँ विशेष कार्यक्रमको आयोजना गरियो।  इल्टा अधिनस्थ रहेको 33 वटा ठोमको 340 क्योङका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रम अवधि लेप्चा गीत र नृत्य प्रतियोगिता विशेष आकर्षणको केन्द्र रहेको थियो।
कार्यक्रमबारे जानकारी गराउँदै ईल्टा अध्यक्ष दोर्जी टी. लेप्चाले भने, ‘आथिङन्यू आजेम रेबिका नाम्चुको योगदान लेप्चा समाजमा महत्वपूर्ण रहेको छ। उनको योगदान र कार्यकै कारण लेप्चाहरू आजको स्थितिमा छ, त्यसैले नै उनलाई स्मरण गर्न आज विशेष कार्यक्रमको आयोजना गरिएको हो। जहाँ गायन र नृत्य प्रतियोगिता राखिएको थियो तर यसको निम्ति प्रत्येक क्योङ नयाँ लेप्चा गीतको सिर्जना गर्न आवश्यक थियो। जसले गर्दा एउटा कार्यक्रमको निम्ति 340 वटा नयाँ लेप्चा गीत बनिएको छ। यो कार्यक्रम भविष्यमा पनि जारी रहनेछ। जसले लेप्चा लोक संस्कृति, संस्कार परम्पराको सम्वर्द्धन र विकासमा थप टेवा पुर्‍याउने छ।
उक्त ठोम स्तरीय नृत्य प्रतियोगितामा गीतडाब्लिङ ठोम प्रथम, जोलुङमिङ ठोम दोस्रो र मेन्छ्यो ठोम तेस्रो भएको थियो। यसरी नै गायन प्रतियोगितामा प्रथम तोदे, देस्रो रेली रङ्न्यू र तेस्रो सिटोङ-2 भएको थियो। यस अतिरिक्त राइजिङ स्टारको रूपमा सबैभन्दा कान्छो गायक छ्योलेन लेप्चालाई पुरस्कृत गरियो। यसरी नै कविता आवृति प्रतियोगितामा अर्युम लेप्चा र चिन्लोप लेप्चा विजयी बनेका थिए।
विजयी प्रतियोगीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा उपस्थित मुख्य अतिथि रेन ओटी तलुकमुले लेप्चा युवाहरूलाई भाषा र जातिको विकासमा यसरी नै अघि आउने आह्वान गरे। यता विशेष रूपमा उपस्थित एमएलडीबी अध्यक्ष आथिङ ल्याङसोङ तामसाङले उक्त उत्सव मार्फत लुकेको कला अघि आउने अवसर पनि पाएको बताए। आजेम रेबिकाको स्मरण गर्दै उनले भने, ‘ उनी मेरा आपा आथिङ केपी तामसाङका समाकालीन थिए। जसले जहिले जातिको हितको निम्ति कार्य गरे। गाड़ी र फोनको असुविधाबीच उनले जुन कार्य लेप्चहरूको निम्ति गरिराखे, त्यो निकै महत्वपूर्णँ छ।
उनले आजको कार्यक्रम अवधि प्रस्तुत गरिएको नयाँ सिर्जनाको प्रशंसा गर्दै नयाँ पीढि अब सही मार्गमा हिँड़िरहेको अनुभव भएको बताए। उनले 7 अक्टोबरदेखि 9 अक्टोबरसम्म हुने लेप्चा बाल उत्सवमा पनि सबै क्योङलाई समावेश बन्ने आह्वान गरे। इल्टा महासचिव रूमदेन लेप्चाले कार्यक्रममा स्वागत सम्भाषण राख्दै लेप्चा साहित्य र संगीतको विकासको दिशामा आजको कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए। आजेम रेबिकाको स्मरण गर्दै  नयाँ पीड़ि उनकै सपनाको बाटोमा हिँड़िरहेको दावीसम्म सिमिक गरे। कार्यक्रम अवधि पद्मश्री सोनाम छिरिङ लेप्चा, पाल्देन लेप्चा, ओटी नाम्चु, पीटी सिमिक आदिको पनि उपस्थिति  रहेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad