पुलिसी कार्वाहीमाथि आपत्ती जनाउँदै विभिन्न सङ्गठनका प्रनिधिले बुझाए ज्ञापन पत्र - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 29, 2018

पुलिसी कार्वाहीमाथि आपत्ती जनाउँदै विभिन्न सङ्गठनका प्रनिधिले बुझाए ज्ञापन पत्र

गफसफ.com, कालेबुङ 29 अक्टोबर।
पुलिसको कार्यमाथि आपत्ती जनाउँदै विभिन्न सङ्गठनका प्रतिनिधिहरूले आज अतिरिक्त जिल्ला अधिकारी पाणिकार हरिशङ्करलाई एउटा ज्ञापन चडाएको छ। एसोसिएसन फर प्रोटेक्सन अफ डेमोक्रेटीक राईट्स (एपीडीआर) सिलगडी ब्राञ्चका सचिव अभिरञ्जन भादुरीको नेतृत्वमा रहेको टोलीमा अभिजित रोय, प्रदीप सरकार, दिपङ्कर चक्रवर्ती, छेवाङ योञ्जन, पारस मजुमदार आदि उपस्थित रहेका थिए।


ज्ञापन बुझाएपछि अभिरञ्जन भादुरीले बताएअनुसार गत 23 अनि 25 अक्टोबरको दिन पुलिसले कुनै कानूनी आदेशपत्र अनि वारण्ट बिना नै हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेसनका महासचिव लीला गुरूङको कोपिस गाउँमा गएर उनको घर परिसरमा प्रवेश गर्नका साथै उनको भाइ अनि गाउँवासीलाई दबाउ दिएको थियो। सोही कुराको विरोध जनाउँदै यस्ता कार्यमाथि रोक लगाउनुपर्ने माग लिएर नै ज्ञापन चडाएको उनले थप बताएका छन्।
हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनका सचिव लिला कुमार गुरुङको घरमा गत 23 अक्टोबरका दिन अनि 25 अगस्तका दिन पुलिस गएका थिए। त्यसबेला उनीहरू घरमा थिएनन् तर, पुलिसले गाउँका मानिसहरूलाई लिला गुरुङबारे सोधपुछ कार्य गरे। यो अत्यन्त्यै निन्दनीय घट्ना हो। एकजना व्यक्तिको नाउँमा पुलिसमा कुनै प्राथमिकी समेत दर्ता गरिएको छैन भने उसको घरमा पुलिस जानु सही होइन। यसैको विरोध गर्दै प्रशासनिक पक्षले उचित कार्वाही गर्नुपर्ने मागमा हालीले जिल्लापालको अनुपस्थितिमा उप-जिल्लापाललाई ज्ञापन सुम्पिएका छौँ’ अभिरञ्जन भादुरीले भने।
आज वास्तवमा विभिन्न सङ्गठनका प्रतिनिधिहरू महकुमा अधिकारी डा. विश्वनाथलाई ज्ञापन चडाउन आएको भए तापनि उनको अनुपस्थितिमा अतिरिक्त जिल्ला अधिकारी पाणिकार हरिशङ्करलाई उक्त ज्ञापन सुम्पिएको थियो। अतिरिक्त जिल्ला अधिकारी पाणिकार हरिशङ्करले पनि आफूलाई ज्ञापन प्राप्त भएको अनि यसबारे उच्च अधिकारीहरूलाई जानकारी गराउने पहल आफूबाट भएको जानकारी दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad