उत्तर बङ्गालका 24 जना पत्रकारहरू ‘टाइटन्स अफ् द मिडिया’ अवार्डले सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, October 4, 2018

उत्तर बङ्गालका 24 जना पत्रकारहरू ‘टाइटन्स अफ् द मिडिया’ अवार्डले सम्मानित

‘नराम्रा घट्नाहरूलाई रोकथाम गर्न प्रशासन अनि पत्रकारहरू माझमा राम्रो तालमेल आवश्यक’ -ममता ब्यानर्जी
गफसफ.com, सिलगडी 4 अक्टोबर।
सिलगडी जर्नलिस्ट क्लबको आयोजना अनि राउण्ड टेबल इन्डियाको सहयोगितामा उत्तर बङ्गालका मोठ 24 जना पत्रकारहरूलाई आज ‘टाइटन्स अफ् द मिडिया’ अवार्डले सम्मानित गरिएको छ। उत्तर बङ्गालका मोठ 8 वटा जिल्लाका प्रिन्ट, ईलेक्ट्रोनिक अनि फोटो पत्रकारहरूलाई उक्त अवार्डले सम्मानित गरिएको हो।


उत्तर कन्यामा आयोजित उक्त कार्यक्रममा मुख्य अथिका रूपमा मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थित रहेकी थिइन्। यस अवसरमा मन्त्री अरूप विश्वास, मन्त्री इन्द्रनील सेन, मन्त्री गौतम देव लगायत अन्य अधिकारीवर्गको पनि विशेष उपस्थिति रहेको थियो।
मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट एकजना पत्रकारलाई उक्त अवार्ड प्रदान गरिए पनि अन्य मन्त्रीगण लगायत अन्य अतिथिवर्गको बाहुलीबाट उक्त अवार्ड पत्रकारहरूलाई प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले पुलिस प्रशासनलाई पत्रकारहरूसँग राम्रो सम्बन्ध बनाएर राख्ने बताइन्। ‘समाजमा नराम्रा घट्नाहरूलाई रोकथाम गर्न पुलिस प्रशासन अनि पत्रकारहरू माझमा राम्रो तालमेल हुन आवश्यक छ। एकार्कको तालमेलकै कारण समाजमा घट्न लागेका नराम्रा घट्ना हुन पाउँदैन’ मुख्यमन्त्री ममता ब्यानर्जीले अझ भनिन् ‘समाजको सिर्जानात्मक कार्यको निम्ति प्रशासन अनि पत्रकारमाझको तालमेल आवश्यक छन्।’

उनले सम्बोधनको क्रममा अहिलेघरी अपराधका घट्नाहरू सामाजिक सञ्जाल मार्फत् वृद्धि भइरहेको भन्दै समाजिक सञ्जालमा झुटो खबरहरू फैलिएको कारण अपराधमा वृद्धि भएको पनि बताइन्। यस्ता झुटो खबरले समाजलाई नकारात्मक प्रभाव पार्ने पनि उनले बताइन्।
मुख्यमन्त्री ब्यानर्जीले आफ्नो सम्बोधनको क्रममा पत्रकारहरूको रोजगारबारे पनि चिन्ता व्यक्त गरिन्। उनले एकजना कुनै राजनैतिक दलका नेताले मालिकलाई भनेपछि पत्रकारहरूको रोजगारबाट निकाल्ने गरेको घट्ना प्रकाश आइरहेको भन्दै अब पत्रकाहरू आफ्नै रोजगारका निम्ति एकबद्ध बन्नुपर्ने आवश्यक्ता आइरहेको पनि बताइन्।
‘पत्रकारहरूमाझमा एक्यवद्धता हुन आवश्यक छ। कसैले रोजगारबाट निकाल्छन् भने त्यसको विरूद्धमा सबै पत्रकारहरू एकतावद्ध बनेर लड्नुपर्छ’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्। यसक्रममा उनले पत्रकारिता प्रजातन्त्रको गतिलो चौथो स्तम्भ रहेको भन्दै गणतन्त्रलाई पत्रकारिताले बचाएर राखेको पनि बताइन्। यसैक्रममा उनले उत्तर प्रदेशमा पत्रकारहरू असुरक्षित रहेको भन्दै देशका अन्य राज्यहरूम समेत पत्रकारहरूलाई मार्ने धम्कि दिने गरेको बाताइन्। यसको सट्टामा पश्चिम बङ्गालमा पत्रकारहरू धेरै सुरक्षित रहेको पनि उनले दाबी गरिन् भने आफु सधैँ पत्रकारहरूको सुरक्षाको पक्षमा उभिने गरेको पनि बताइन्।
सम्पूर्ण अवार्ड बिजेताहरूलाई बधाई – प्रमोद गिरी
अर्कोतर्फ कार्यक्रममालाई सम्बोधन गर्नेक्रममा सिलगडी जर्नलिस्ट क्लबका अध्यक्ष प्रमोद गिरीले सम्पूर्ण अवार्ड बिजेता पत्रकारहरूलाई बधाई दिए थिए। उनले 150 भन्दा अधिक पत्रकारहरूमा छनौट भनेर 24 जना पत्रकारहरूले उक्त पुरस्कार प्राप्त गर्न सक्षम बनेको भन्दै सिलगडी जर्नलिस्ट क्लबले पत्रकारहरूको कार्यलाई प्रोत्साहन गर्न यसरी अवार्ड प्रदान गरेको जानकारी गराए।

No comments:

Post a Comment

Post Bottom Ad