दिल्लीमा गोजमुमो विमल गुरुङ समर्थकहरूको धर्ना प्रदर्शन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 9, 2018

दिल्लीमा गोजमुमो विमल गुरुङ समर्थकहरूको धर्ना प्रदर्शन

गफसफ.com, नयाँ दिल्ली 9 सितम्बर।
दिल्लीमा गोजमुमो विमल गुरुङ समर्थकहरूले धर्ना प्रदर्शन गरेका छन्। उक्त कुराको जानकारी रोशन गिरीले वाट्सअप मार्फत् धर्ना प्रदर्शनको फोटो अनि जानकारी दिएर प्रदान गरेका हुन्। बङ्गाल सरकारले दार्जीलिङ पहाडमा अगणतान्त्रिक कार्यहरू गरेको भन्दै विमल गुरुङ समर्थकहरूले धर्ना प्रदर्शन गरेका हुन्।

दिल्लीको जन्तर मन्तरमा आज एका-एक भूमिगत नेता विमल गुरुङ समर्थकहरू गुरुङको फोटो अङ्कित गोजमुमो पार्टीको झण्डा राखेर धर्ना प्रदर्शन गरेका हुन्। ‘प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा पश्चिम बङ्गाल सरकारले विगत २०१७ देखी आज सम्म गोर्खाल्याण्ड राज्य गठानार्थ गणतान्त्रिक, गान्धीवादी नीतिलाई आत्मासाथ गरेर शान्तिपूर्वक जुलूस, धारण प्रदर्शन गर्दा बङ्गाल पुलिसले बर्बरतापूर्ण, अमानवीय प्रकारले हत्या, घरमा आगो लगाउने, सोशियल मिडियामा गोर्खाल्याण्डको पक्षमा लेख्दा विभिन्न मुद्दा लगाएर जेल-नेलमा हाल्ने अप्रजातान्त्रिक कार्य गरेकोले आज दिल्ली गोजमुमो विमल पन्थीद्धारा जन्तर मन्तरमा धर्ना गरिएको हो’ रोशन गिरीले जारी गरेको बिज्ञप्तिला लेखिएको छ।
धर्ना प्रदर्शनको क्रममा सबैले मुखमा कालो पट्टी समेत बाँधेर पश्चिम बङ्गाल सरकारको अगणतान्त्रिक कार्यको विरोध गरिएको थियो। यसक्रममा उनीहरूले ‘गणतन्त्र बचाऊ’, ‘पुलिसी अत्याचार बन्द गर’ जस्ता स्लोगान लेखिएका प्ला कार्डहरू पनि बोकेका थिए। यसक्रममा उनीहरूले दार्जीलिङ पहाड अशान्त छ भन्दै केन्द्र सरकारले हस्तक्षेप गर्नुपर्ने माग समेत गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad