घरबाट काम गर्न हिँडेका सामसिङ निवासी बिक्की भुजेल लापत्त - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 9, 2018

घरबाट काम गर्न हिँडेका सामसिङ निवासी बिक्की भुजेल लापत्त

गफसफ.com, सामसिङ डुवर्स, 9 सितम्बर।
सामसिङ जक्सन ग्राम निवासी बिक्की भुजेल गत 29 अगस्तका दिनदेखि वेपत्त भएका छन्। घरबाट दार्जीलिङ काम गर्न हिँडेका बिक्की भुजेलको अहिलेसम्म कुनै पत्तो लाग्न नसकेको परिवार पक्षबाट थाह लागेको छ। दार्जीलिङको कुनै एक होटलमा काम गर्ने बिक्की भुजेल घरबाट निस्केपछि उक्त होटलमा पनि नपुगेपछि लापत्त बनेको थाह लागेको हो।



घरबाट काम गर्न हिँडेका बिक्की भुजेल निखोज बनेको 11 दिनपुगेपनि आज सम्म कुनै पत्तो लाग्न सकेको छैन। कहीँ कतै समस्या परेका छन् भने उनकी पत्नी पुला लामाले घरमा फर्केर आउने अनुरोध गरेकी छन्। 30 वर्षिय बिक्की भुजेललाई कसैले कहीँ कतै भेटे सम्पर्क नम्बर – 8116341299 मा सम्पर्क गरेर सूचित गरिदिनुहुन अथवा नजिकैको पुलिस थानामा सूचित गरिदिनुहुन अनुरोध गर्दछौँ।

No comments:

Post a Comment

Post Bottom Ad