प्राथमिक शिक्षाको सुधार गर्न प्रशिक्षितहरूलाई नियुक्ति गर्नुपर्छ – गोर्खा बेरोजार प्रशिक्षित शिक्षक सङ्गठन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 9, 2018

प्राथमिक शिक्षाको सुधार गर्न प्रशिक्षितहरूलाई नियुक्ति गर्नुपर्छ – गोर्खा बेरोजार प्रशिक्षित शिक्षक सङ्गठन

गफसफ.com, कालेबुङ  10 सितम्बर।
गोर्खा बेरोजगार प्रशिक्षित शिक्षक सङ्गठनले प्राथमिक पाठशालाहरूमा प्रशिक्षितहरूलाई पहिलो प्राथमिकता दिएर नियुक्ति गर्नुपर्ने माग गरेका छन्। सङ्गठनको आज कालेबुङमा सम्पन्न वैठकपछि एक पत्रकार सम्मेलन आयोजना गरेर जीटीए क्षेत्रका प्राथमिक पाठशालाहरूमा आगमी दिनमा प्रशिक्षित प्रार्थीहरूलाई नियुक्ति गर्नुपर्ने माग गरेको हो।

सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खा बेरोजगार प्रशिक्षित सङ्गठनका केन्द्रिय समिति सदस्य केवल थापाले केन्द्रिय समिति सभापतिको उपस्थितिमा पुरानो समितिलाई विघटन गरेर नयाँ कमिटि गठन गरिएको जानकारी दिएका छन्। उनले कालेबुङ एकाईको नयाँ कमिटिमा अध्यक्ष रोम भुजेल अनि सचिव सञ्जय लिम्बुलाई चयन गरिएको बताएका छन्।
‘दार्जीलिङ पहाडी क्षेत्रको प्राथमिक शिक्षामा बिकास गर्नका निम्ति प्रशिक्षित प्रार्थीहरूको नियुक्ति हुन आवश्यक छ। दुईवर्षको तालिम लिइसकेका प्रशिक्षित प्रार्थीहरूले नियुक्ति पाए शिक्षाको विकास हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ’ केवल थापाए पत्रकारहरूलाई सम्बोधन गर्दै भने।
यसक्रममा उनले जीटीए बोर्ड अध्यक्ष विनय तामाङ अनि प्राथमिक शिक्षा प्रभारी छिरिङ दहाल, उच्च शिक्षा प्रभारी विधायक अमर सिंह राईले जीटीए क्षेत्रमा शिक्षाको बिकास गर्नका निम्ति कार्य गरिरहेको पनि बताएका छन्। उनीहरूको कार्यप्रति आफुहरू विश्वस्त रहेको भन्दै भविष्यका प्राथमिक शिक्षामा अझ सुधार ल्याउन एनसीटीको नियम अनुसार प्रशिक्षित प्रार्थीहरूलाई नियुक्ति गर्नुपर्ने सङ्गठनको माग रहेको छ।
‘एसीईआरटीको नियम पालन गरेर दुईवर्षको प्रशिक्षण लिएका प्रार्थीहरूको नियुक्तिले प्राथमिक शिक्षामा भरपर्दो सुधार आउनेछ’ केवल थापाले अझ भने।
यता पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङ एकाईका सचिव सञ्जत सुब्बाले पनि प्रशिक्षितहरूलाई नियुक्ति गरे प्राथमिक शिक्षाको विकासमा महत्वपूर्ण परिवर्तन देखापर्ने बताएका छन्। उनले जीटीए प्रशासनले प्राथमिक शिक्षक नियुक्ति प्रक्रिया गरिरहेको भन्दै अब जीटीए क्षेत्रमा पहिलो प्राथमिकता प्रशिक्षित प्रार्थीहरूलाई दिनुपर्ने माग सुब्बाले गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad