शिक्षक दिवसको पावन अवसरमा भयो ‘दार्जीलिङ हिल युनिभर्सिटी’-को शिल्यान्यास - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 5, 2018

शिक्षक दिवसको पावन अवसरमा भयो ‘दार्जीलिङ हिल युनिभर्सिटी’-को शिल्यान्यास

‘आज दार्जीलिङको निम्ति ऐतिहासिक दिन हो’ – ममता ब्यानर्जी
गफसफ.com, दार्जीलिङ 5 सितम्बर।
शिक्षक दिवसको पावन अवसरमा दार्जीलिङ पहाडवासीले ‘दार्जीलिङ हिल युनिभर्सिटी’ पाएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले आज चौरास्तबाट दार्जीलिङ हिल युनिभर्सिटिको शिल्यान्यास गरेकी छन्। 31 जुलाई 2018 का दिन पश्चिम बङ्गालको विधानसभामा पारित भएको ग्रीन फिल्ड युनिभर्सिटिलाई दार्जीलिङ हिल युनिभर्सिटिको नाउँले स्थापित हुने भएको छ भने सोहि युनिभर्सिटीको आज मुख्यमन्त्रीले शिल्यान्यास गरेकी हुन्। उक्त युनिभर्सिटी मङ्पूमा निर्माण हुने भएको छ।


मुख्यमन्त्री ममता ब्यानर्जीले आज शिल्यान्यास गरेको दार्जीलिङ हिल युनिभर्सिटीमा ह्युमानिटी, सोसियल साइन्स, मास म्युनिकेशन, पर्यटन, टी, हर्टिकल्चर, हिमालयन स्टडीज आदि विषयहरू रहने भएको छ। युनिभर्सिटिमा हुने विभागहरूको आज मुख्यमन्त्री आफैले कार्यक्रमबाट घोषणा गरेकी छन् भने यसको एउटा क्याम्पसको नाम तेञ्जिङ शेर्पा अनि अर्कोको नाम आदिकवि भानुभक्तको नाममा राखिने पनि घोषणा गरेकी छन्।
कार्यक्रमको सुरूआतमानै मुख्यमन्त्रीले सम्पूर्ण शिक्षकवर्गप्रति अभिनन्दन जनाएकी थिइन्। ‘आज शिक्षक दिवसको अवसरमा हामी सम्पूर्ण शिक्षकवर्गलाई सलाम गर्दछौँ। शिक्षकहरूनै समाज खम्बाहरू हुन् अनि उनीहरूनै समाज निर्माणका बलिया आधारहरू हुन्। सबै शिक्षकवर्गलाई हार्दिक अभिनन्दन’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्।
उनले  कार्यक्रमलाई सम्बोधन गर्दै आजको दिन सम्पूर्ण दार्जीलिङ पहाडवासीको निम्ति ऐतिहासिक दिन रहेको पनि बताएकी छन्। ‘आज दार्जीलिङको निम्ति ऐतिहासिक दिन हो। आज यहाँ ‘दार्जीलिङ हिल युनिभर्सिटीको’ शिल्यान्यास भएको छ। यो शिल्यान्यास शिक्षक दिवसको अवसरमा भएकै कारण अझ ऐतिहासिक भएको हो’ ममता ब्यानर्जीले अझ भनिन् – ‘दार्जीलिङ पहाडका जनताले विगत कैयौं वर्षदेखि दार्जीलिङ पहाडमा विश्वविद्यालय निर्माणको माग गर्दै आइरहेका थिए। आज यो माग राज्य सरकारबाट पूर्ण गरिएको छ।’
उनले आफ्नो सम्बोधनको क्रममा दार्जीलिङ पहाडका जनतालाई झगडा नगरेर यहाँको विकास, रोजगार आदि विषयमा ध्यान दिने अपील पनि गरिन्। यसक्रममा दार्जीलिङ पहाडका जनतामा पूर्ण दक्षता रहेको  अनि यहाँ पर्याप्त प्राकृतिक सम्पदाहरू रहेको कारण स्वरोजगार बन्नसक्ने सुझाउ पनि उनले दिइन्।
उनले  दार्जीलिङ पहाडका युवा-युवतीहरूमा पूर्ण दक्षता रहेको बताउँदै आगामी 2019-मा दार्जीलिङमा एशियन कल्चरल उत्सव पालन गर्ने योजना बनाएको पनि बताइन्। दार्जीलिङ पहाडको संस्कृति धनी छयहाँका बाल-बालिका, युवा-युवतीहरू प्रतिभाशाली छन्। यसैले वर्ष 2019-मा एशियन सांस्कृतिक उत्सवमा दार्जीलिङ प्रथम बन्नुपर्छ र प्रथम बनेर देखाउने आशा पनि छ’ ममता ब्यानर्जीले स्थानीय प्रतिभाहरूको प्रशंसा गर्दै भनिन्।
उनले आफ्नो सम्बोधनको क्रममा समतलका विद्यार्थीवर्गलाई साइकल वितरण गर्ने गरिए पनि पहाडमा साइकल चलाउन नसक्ने भएको आगमी भ्रमणमा आउँदा 28 हजार विद्यार्थीवर्गलाई स्कुल ब्याग अनि रेनकोट वितरण गर्ने पनि घोषणा गरेकी छन्।
मुख्यमन्त्रीले पर्याटन व्यवसायलाई वृद्धि गर्नका निम्ति अनि ग्रामीण पर्याटन सञ्चालन गरिरहेका मानिसहरूको आर्थिक उन्नतीका निम्ति विकास बोर्डहरूले विशेष कार्य गर्नुपर्ने पनि निर्देश दिएकी छन्। उनले पर्यटकिय क्षेत्रहरूमा रहेका मानिसहरूको कमसे-कम एउटा कोठालाई सुन्दरीकरण गर्नुपर्ने भन्दै उक्त कोठामा पर्याटक आएर बस्न सकोस् अनि घरका मानिसहरूको आय वृद्धि होस् भनि बताएका छन। यसका निम्ति विकास बोर्डहरूले कार्य गर्नुपर्ने उनले निर्देश दिएकी छन्।
उनले आफ्नो सम्बोधनको क्रममा वनवासीहरूलाई वितरण गरिने पट्टा सम्बन्धि पनि बोलेकी छन्। यस्करममा उनले दार्जीलिङका 431 वनबस्तीवासी जनतालाई प्रथम वन अधिकार दिने त्यसपछि भूमिको अधिकार दिने भएको सम्बोधनको क्रममा स्पष्ट पारेकी छन्।
दिर्घकालिन सपना पुरा भयो - विनय तामाङ
मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ हिल युनिभर्सिटी-को शिल्यान्यास गरेपछि जीटीए बोर्ड अध्यक्ष विनय तामाङले पहाडमा युनिभर्सिटी हुनपर्छ भन्ने पहाडवासीको दिर्घकालिन सपना पुरा भएको बताएका छन्। उनले लामो समयदेखि पहाडावासीले छुट्टै युनिभर्सिटी निर्माण हुनपर्छ भन्ने माग गर्दै आएपनि कसैले पुरा नगरेको अनि आखिरमा र राज्य सरकारले ‘दार्जीलिङ हिल युनिभर्सिटी’ निर्माण गरेर पहाडवासीको माग पुरा गरेको बताए। यसक्रममा उनले पहाडवासीको पक्षबाट मुख्यमन्त्री अनि राज्य सरकारप्रति आभार प्रकट गरेका छन्।

मुख्यमन्त्री ममता ब्यानर्जीको भाषण सुन्न यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad