दार्जीलिङमा युनिभर्सिटी-को शिल्यान्यास; रोशन गिरीले भने –‘विमल गुरुङको माग पुरा भयो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 5, 2018

दार्जीलिङमा युनिभर्सिटी-को शिल्यान्यास; रोशन गिरीले भने –‘विमल गुरुङको माग पुरा भयो’

गफसफ.com, दार्जीलिङ 5 सितम्बर।
दार्जीलिङ चौरास्ताबाट राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले ‘दार्जीलिङ हिल युनिभर्सिटी’-को शिल्यान्यास गर्न साथ भुमिगत रोशन गिरीले प्रेस विज्ञप्ति जारी गरेर ‘यो विमल गुरुङको माग हो’ भनेका छन्।
रोशन गिरी - फाइल फोटो 
उनले मङ्पूमा निर्माण हुने विश्वविद्यालयको निम्ति पहिलोपल्ट स्वागत पनि जनाएका छन्। यसक्रममा गिरीले  उक्त विश्वविद्यालय निर्माणको माग 2012 मा कोलकोतामा अहिलेघरी भूमिगत बनेका नेता विमल गुरुङले नै उठाएको भन्दै यसलाई मुख्यमन्त्री ममता ब्यानर्जीले त्यसैबेला स्वीकार गरेर अहिले व्यवहारिकतामा ल्याएको प्रेस विज्ञप्ति जारी गरेर दाबी गरेका छन्।
केन्द्रिय विश्वविद्यालयको डीपीआर
24 जुलाई 2015 का दिन भारतको गृह मन्त्री राजनाथ सिंह अनि तत्कालिन मानव संसाधन मन्त्री स्मृति ईरानीलाई दार्जीलिङमा केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति जीटीएको पक्षबाट डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) बुझाएको ठिक 3 वर्ष 1 महिना 12 दिनपछि पहाडले विश्वविद्यालय पाएको छ।
केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई केन्द्रिय विश्वविद्यालयको डीपीआर सुम्पन्दै सांसद आहालुवालीया अनि रोशन गिरी - फाइल फोटो 
केन्द्र सरकारलाई डीपीआर बुझाएको 3 वर्ष पार गर्दा समेत केहि नभएपछि दार्जीलिङ पहाडवासीलाई पश्चिम बङ्गाल सरकारले स्टेट युनिभर्सिटी प्रदान गरेको हो। जुन राज्यस्तरीय ‘दार्जीलिङ हिल युनिभर्सिटी’-को आज मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङ चौरास्ताबाट शिल्यान्यास गरेकी छन्।
सन् 2011 मा केन्द्र सरकार, राज्य सरकार अनि गोजमुमोमाझ भएको जीटीएको सम्झौतामा केन्द्रिय विश्वविद्यालय निर्माण गर्ने कुरा लेखिएको छ। त्यसैको आधारमा तत्कालिन जीटीए प्रमुख विमल गुरुङ, रोशन गिरी, विनय तामाङ, अनित थापा आदिको प्रतिनिधी टोलिले तत्कालिन मानव संसाधन मन्त्री स्मृती ईरानी अनि केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई सांसद एस.एस आहलुवालीयाको नेतृत्वमा भेट गरेर दार्जीलिङमा निर्माण हुने केन्द्रिय विश्वविद्यालयको डीपीआर बुझाएको थियो।
तत्कालिन मानव संसाधन मंत्री स्मृती ईरानीलाई केन्द्रिय विस्वविद्यालयको ज्ञापन बुझाउदै - फाइल फोटो 
 उक्त डीपीआर उझाएपछि रोशन गिरीले प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराउँदै दुवै केन्द्रिय मन्त्रीहरूले सकारात्मक सङ्केत दिएको दाबी गर्दै सरकारले चाँडै संसदको सत्रमा केन्द्रिय विश्वविद्यालयको बिल पेश गरेर पारित गर्ने विश्वास व्यक्त गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति कुनै पहल समेत गरेको छैन।
पुरा भएन केन्द्रको आश्वान
केन्द्र सरकारले केन्द्रिय विश्वविद्यालय निर्माणको आश्वासन मात्रै दिएपछि यता पश्चिम बङ्गाल सरकारले भने राज्य स्तरीय विश्वविद्यालय दार्जीलिङ पाहाडवासीलाई दिएको छ। जुन’ दार्जीलिङ हिल युनिभर्सिटी’-को नाउँले मङ्पूमा स्थापित हुने भएको छ भने आज मुख्यमन्त्री ममता ब्यानर्जीले चौरास्ताबाट शिल्यान्यास गरेकी छन्। उक्त दार्जीलिङ हिल युनिभर्सिटी’-को बिल पश्चिम बङ्गाल सरकारले गत 31 जुलाई 2018 का दिन बङ्गाल विधानसभामा पेश गरेर पारित गरेको थियो भने बिल पारित भएको 1 महिना 5 दिनमा शिल्यान्यास समेत गरेर कार्यको थालनी गरेको छ।
स्टेट युनिभर्सिटी; विमल गुरुङको माग पुरा भयो – रोशन गिरी  
‘राजनीति भनेको विरोधको निम्ति विरोध गरिनैपर्छ भन्ने विषय कदाचित होइन। राजनीतिमा पक्ष तथा विपक्ष जसले पनि राम्रो काम गरेको छ भने राम्रो भन्नुपर्छ अनि नराम्रो काम गरेको छ भने नराम्रो भनिनुपर्छ। हामी गोर्खा जनमुक्ति मोर्चाको पक्षमा मङ्पूमा निर्माण गर्न लागिएको राज्य विश्वविद्यालयको स्वागत गर्दछौं’ भूमिगत नेता रोशन गिरीले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्।
उनले उक्त शिल्यान्यास गरिएको विश्वविद्यालयको माग कोलकोतामा विमल गुरुङले 2012 मा नै मुख्यमन्त्रीलाई गरेको पनि दाबी गरेका छन्। ‘सन् २०१२ मा आदरणीय पार्टी अध्यक्ष विमल गुरुङको नेतृत्वमा गएको टोलीले  कोलकातामा राखेको विश्वविद्यालयको मागलाई मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले त्यति बेलै स्वीकार गरेकी थिइन्। त्यसै कुरालाई अहिले व्यावहारिकतामा ल्याउन लागिएको कुरालाई हामी स्वागत जनाउँदछौं’ रोशन गिरीले दाबी गरेका छन्।
यसक्रममा गिरीले उक्त विश्वविद्यालय निर्माणको माग कोलकोतामा राखेपछि  ३ अगस्त २०१२ को दिन जीटीएको सपथ ग्रहण समारोहमा मुख्यमन्त्री ब्यानर्जीले दार्जीलिङ जिल्लामा विश्वविद्यालयको पुनः घोषणा गरेको पनि गिरीले विज्ञप्तिमा दाबी गरेका छन्। जसको साक्षी भारत सरकारको गृहमन्त्री सुशील कुमार सिंदे, केन्द्रिय गृह सचीव आर के सिंह, पश्चिम बङ्गालका राज्यपाल के आर नारायणन, राज्य गृह सचीव  बासुदेव ब्यानर्जी लगायत तमाम अधिकारीहरू रहेको बताएका छन्।
‘आदरणीय पार्टी अध्यक्ष विमल गुरुङ ज्यूले राख्नुभएको दार्जीलिङमा विश्वविद्यालय निर्माण गरिनुपर्ने मागलाई लिएर घोषणा गरिएको त्यस दिनको वचनलाई पुरा गरेकोमा हामी गोर्खा जनमुक्ति मोर्चाको पक्षमा पुनः स्वागत जनाउँदछौं’ रोशन गिरीले विज्ञप्तिमा भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad