नेशन बिल्डर पुरस्कारले 25 शिक्षकवर्ग सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 5, 2018

नेशन बिल्डर पुरस्कारले 25 शिक्षकवर्ग सम्मानित

गफसफ.com, कालेबुङ 5 सितम्बर।
रोटरी क्लब अफ् कालेबुङले शिक्षक दिवसको अवसरमा कालेबुङ जिल्लाभरिका मोठ 25 जना शिक्षकवर्गलाई सम्मान जनाएको छ। यहाँको टाउन हलमा आयोजिक कार्यक्रममा रोटरी क्लब कालेबुङले 25 जना शिक्षकवर्गलाई नेशन बिल्डर अवार्ड 2018 ले समानित गरेको हो। 

शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेका शिक्षकवर्गको योगदानलाई कदर गर्दै अनि उनीहरूलाई कार्यप्रति प्रोत्साहन प्रदान गर्न रोटरी क्लबले यसवर्ष 25 जना शिक्षकवर्गलाई नेशन बिल्डर अवार्डले सम्मानित गरेको हो। शिक्षक दिवसको अवसरमा राष्ट्र निर्माणको कार्यमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै कालेबुङ जिल्लाभरीबाट 25 जना शिक्षकवर्गलाई चयनित गरेर सम्मानित गर्ने कार्य गरेको हो।
कार्यक्रममा चित्रकार एवम् मूर्तिकार अमिर सुन्दासलाई व्यक्तिगत रोटरी भोकेशनल अवार्ड 2018 अनि कालेबुङ एनिमल सेल्टरलाई संस्थागत रोटरी भोकेशनल अवार्ड 2018ले सम्मानित गरिएको थियो। यस अवसरमा कार्यक्रममा मुख्य अतिथिका रूपमा प्राथमिक शिक्षा विभागका जिल्ला निरिक्षक दुलाल सरकार उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा प्राथमिक शिक्षण प्रशिक्षण केन्द्रका प्राचार्य मणिन्द्र भुजेल उपस्थित रहेका थिए।
शिक्षक दिवसको अवसरमा सम्मान गरिएका अधिकांश शिक्षकवर्ग कालेबुङ शहरदेखि टाडाका रहेका थिए। उनीहरूले ग्रामीण क्षेत्रमा शैक्षिक विकासको निम्ति आफ्नो पक्षबाट गरिरहेका कार्यलाई अझ प्रोत्साहन प्रदान गर्न अनि राष्ट्र निर्माणको निम्ति उनीहरूको योगदानलाई कदर गर्दै रोटरी क्लबले सम्मानित गरेको हो।

No comments:

Post a Comment

Post Bottom Ad