कालेबुङ महाविद्यालयमा शिक्षा रत्न प्रापक प्राचार्य डा. आर.पी ढकाललाई सम्वर्द्धना - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, September 7, 2018

कालेबुङ महाविद्यालयमा शिक्षा रत्न प्रापक प्राचार्य डा. आर.पी ढकाललाई सम्वर्द्धना

गफसफ.com, कालेबुङ 7 सितम्बर।
पश्चिम बङ्गाल सरकारद्वारा शिक्षा रत्न पुरस्कार 2018 ले सम्मानित बनेका कालेबुङ महाविद्यालयका प्राचार्य डा. आर.पी ढकाललाई आज महाविद्यालयमा सम्मान जनाइएको छ। उनलाई गत 5 सितम्बर शिक्षक दिवसको दिन पश्चिम बङ्गाल सरकारले शिक्षाको क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै शिक्षा रत्न पुरस्कारले सम्मानित गरेपछि आज महाविद्यालय पक्षबाट सम्वर्द्धना गरिएको हो। 

कालेबुङ महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रममा सम्पूर्ण शिक्षण-अशिक्षण कर्मचारीवर्ग सँगै महाविद्यालयका विद्यार्थीवर्गले डा. ढकाललाई सम्माना जनाएका हुन्। यस अवसरमा महाविद्यालयको पक्षबाट नेपाली विभागीय प्रमुख सुधा गुरुङले डा. ढकाललाई स्मृति पत्र प्रदान गरेकी थिइन्।
प्राध्यपिका अनुकम्पा सुब्बाले सञ्चालन गरेको कार्यक्रमलाई प्राध्यपक डी.सी रोय, प्रा. कल्याण्ड देवा, प्रा. मृणालिनी छेत्री, प्रा. देवदत्त राई आदिले सम्बोधन गरेका थिए। यसक्रममा उनीहरूले शिक्षा रत्न जस्तो गरिमामय पुरस्कारले सम्मानित बनेका डा. राजेन्द्र ढकाललाई सबैले बधाई दिएका थिए। यसक्रममा उनीहरूले कालेबुङ महाविद्यालयमा शैक्षिक विकासको निम्ति डा. ढकालले महत्वपूर्ण योदान दिएको भन्दै उनकै दिशा निर्देशनमा महाविद्यालले शैक्षिक विकास गरिरहेको पनि उनीहरूले बताएका छन्।
यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. आर.पी ढकालले पश्चिम बङ्गाल सरकारद्वारा प्राप्त शिक्षा रत्न पुरस्कार आफ्नो व्यक्तिगत उपलब्धि नरहेर सम्पूर्ण कालेबुङ महाविद्यालकै उपलब्धि रहेको बताए। ‘शिक्षा रत्न पुरस्कार मेरो व्यक्तिगत उपब्धि होइन। यो सम्पूर्ण कालेबुङ महाविद्यालयका शिक्षण-अशिक्षण अनि विद्यार्थीवर्गको उपलब्धी हो’ डा. आर.पी ढकालए भने।
डा. ढकालले कालेबुङ महाविद्यालयले राम्रा राम्रा व्यक्तिहरू जन्माउन सकेको भन्दै आफु पनि कालेबुङ महाविद्यालयकै एकजना विद्यार्थी रहेको अनि आफुसँगै शिक्षा रत्न पुरस्कार ग्रहण गर्ने कुमुदुनि विद्याश्रमका प्रधान अध्यापक वाई.एस घिसिङ पनि कालेबुङ महाविद्यालयकै विद्यार्थी रहेको बताए। यसैक्रममा उनले अन्य व्यक्तित्ववर्गको पनि उदाहरण दिँदै कालेबुङ महाविद्यालयमा हाल अध्ययनरत विद्यार्थीवर्गले पनि ठूलो उपलब्धि हासिल गर्न सक्ने बताए। यसै अवधीमा डा. ढाकालले मङ्पूमा निर्माण हुन लागेको ‘दार्जीलिङ हिल युनिभर्सिटी’-ले पहाडका विविध विषयहरूमा शोध गर्न सक्ने प्रावाधानहरू उपलब्ध गराउनुपर्ने बताएका छन्।
‘हिमाली क्षेत्र विविध विषयहरूले भरिपूर्ण ठाउँ हो। यहाँ विविध संस्कृति, विविध पौधाहरूदेखि लिएर विविध सांस्कृतिक संस्कारहरूले भरिपूर्ण रहेको ठाउँ हो। यी विषयहरूमा समेत शोध गर्न सक्ने प्रावधान नयाँ विश्वविद्यालयमा हुन सके यहाँका शोधार्वी विद्यार्थीवर्ग लाभान्वित बन्नेछन्’ डा. ढकालले भने।

No comments:

Post a Comment

Post Bottom Ad