कालेबुङ जिल्लाको प्रशासनिक वैठक; विविध विकास कार्यहरूबारे समिक्षा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 20, 2018

कालेबुङ जिल्लाको प्रशासनिक वैठक; विविध विकास कार्यहरूबारे समिक्षा

गफसफ.com, कालेबुङ 20 सितम्बर।
कालेबुङ जिल्लामा भइरहेको विभिन्न कार्यहरूबारे प्रशासनिक वैठक सम्पन्न भएको छ। जिल्ला अधिकारी डा. विश्वनाथले आज विभिन्न विभागका अधिकारीवर्गलाई लिएर उक्त प्रशासनिक वैठक सम्पन्न भएको हो। ट्रेजरी भवनको कन्फरेन्स हलमा सम्पन्न भएको उक्त प्रशासनिक वैठकमा जिल्ला प्रशासनको पक्षबाट चलिरहेको कार्यहरूको प्रगतिबारे विस्तृत चर्चा परिचर्चा गरिएको थियो।


प्रशासनिक वैठकमा विशेष गरेर कालेबुङ जिल्लामा सम्पन्न भइरहेको विकास कार्यहरूको प्रगतिसँगै सरकारी योजनाहरूको कार्यन्वय अनि नयाँ योजनाहरूबारे परिचर्चा भएको थियो। यसक्रममा कालेबुङ जिल्लापाल डा. विश्वनाथले वैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै पछिल्लो वैठकमा दिएको निर्देश अनुसार कार्य प्रगतिबारे रिपोर्ट प्रस्तुत गरिएको बताएका छन्। उनले पछिल्लो वैठकमा दिएको कार्यहरूमा विशेष गरेर स्करलसिफ जस्ता योजनाहरू निर्धारित समयमा वितरण भएको अनि निर्माणको कार्यहरू भने वर्षाको कारण हुन नसकेको जानकारी गराएका छन्। ‘वर्षाको कारण कतिपय निर्माण कार्यहरू निर्धारित समयमा पुरा हुन सकेन। आगमी दस दिनभित्रमा यी जम्मै कार्यहरू गर्ने निर्देश दिएका छौँ’ जिल्लापाल डा. विश्वनाथले भने।
उनले वैठकमा पब्लिक हेल्थ, केसीसी, पीडब्ल्युडी बिभाग, सेल्फ हेल्प ग्रुप, एसबीएसकेपी, फरेस्ट विभाग, राष्ट्रिय राजमार्ग-10 आदि विभागीय विषयहरूमा चर्चा परिचर्चा र कार्यप्रगतिबारे समिक्षा गरेपछि आगमी कार्यबारे निर्देश दिएको जानकारी जिल्लापाल डा. विश्वनाथले दिएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad