अलग राज्य नपाएसम्म सुमेटी मुक्ति मोर्चा बिसाउँदैन – विकास राई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 20, 2018

अलग राज्य नपाएसम्म सुमेटी मुक्ति मोर्चा बिसाउँदैन – विकास राई

गफसफ.com, कालेबुङ 20 सितम्बर।
अलग राज्य प्राप्तिको उद्देश्य लिएर गठन भएको सुनकोश मेची टिस्टा मुक्ति मोर्चा (सुमेटी) ले अलग राज्य प्राप्रि नगरेसम्म नबिसाउने प्रतिवद्धता जताएको छ। आज पार्टीका अध्यक्ष विकास राई लगायत अन्य नेतृत्ववर्गले कालेबुङमा एक पत्रकार सम्मेलन आयोजना गरेर आफुहरू एकमात्र अलग राज्य प्राप्रिको निम्ति लागीपरेको भन्दै जनतालाई अलग राज्य दिलाएर मात्रै बिसाउने दाबी गरेका छन्। पत्रकार सम्मेलालाई सम्बोधन गर्नेक्रममा पार्टीका नेताहरूले आजसम्म विभिन्न राजनैतिक दलहरू अहिलेसम्म वैकल्पिक व्यवस्थाहरूमा भुलिने कार्य गरिरहेको पनि आरोप लगाएका छन्।
सुमेटी मुक्ति मोर्चाले दस्तावेजहरूको आधारमा वैचारिक अनि गणतान्त्रिक आन्दोलनलाई अघि बडाउँदै अलग राज्य मात्र आफुहरूको उद्देश्य रहेको सचिव भुवन छेत्रीले बताएका छन्। सक्रममा उनले कुनै पनि वैकल्पिक व्यवस्थासँग सुमेटी मुक्ति मोर्चाले सम्झौता नगर्ने दाबी गर्दै जबसम्म अलग राज्य प्राप्त हुँदैन तबसम्म सर्वाङ्गीन विकास समेत नहुने बताएका छन्।
‘हामी एकातिर आफ्नै घर घडेरीमा असुरक्षित बन्दै गइरहेका छौँ  भने अर्कोतर्फ सरकारले विभिन्न प्रलोभनहरूमा भुलाउने कार्य गरिरहेको छ। जहाँसम्म सर्वाङ्गीन विकासको प्रश्न छ त्यस सन्दर्भमा पनि छुट्टै राज्य गठन नभएसम्म सर्वाङ्गीय विकासले पूर्णतया रूप लिन सक्दैन’ सुमेटी मञ्चका सचिव भुवन छेत्रीले भने। यसक्रममा उनले अलग राज्य मात्रै आफुहरूको मूल मुद्दा रहेको बताउँदै देशको संविधानको आधारमा उनीहरूले अलग राज्यको माग गरेको अझ बताएका छन्। ‘हामीले हाम्रो दस्तावेजको आधारमा अलग राज्य मागिरहेका चौँ। सुनकोश देखि टिस्टासम्मको भु-भागलाई मिलाएर अलग राज्य गठन गर्नुपर्छ’ भुवन छेत्रीले भने।
अर्कोतर्फ पार्टीका अध्यक्ष विकास राईले पत्रकार सम्मेलालाई सम्बोधन गर्दै सुमेटी मुक्ति मोर्चा एकमात्र ईमान्दार रहेको दाबी गर्दै भारतीय गोर्खाहरूका निम्ति भारत सरकारले अलग राज्य गठन गर्नुपर्ने माग गरेका छन्। यसक्रममा उनले आफुहरूले अगणतान्त्रिक कार्य कहिले नगर्ने दाबी गर्दै अलग राज्य प्राप्त नभएसम्म सुमेटी मुक्ति मोर्चाले सरकारी नून नखाने दाबी पनि गरेका छन्।
‘हामी देश विरोधी, समाज विरोधी कुनै पनि कार्य गर्दैनौँ। हामी अलग राज्यको मागलाई गणतान्त्रिक पद्धतीमा दस्तावेजहरूको आधारमा माग्नेछौँ। जबसम्म हामी अलग राज्य पाउँदैनौँ तबसम्म सरकारी नून खाँदैनौँ’ विकास राईले अझ भने ‘सरकारको पैसा खाँदैनौँ यसकारण हामी जनतालाई अलग राज्य दिनेछौँ।’ यसक्रममा उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा भारत सरकार अलग राज्य दिनका निम्ति आतुर रहेको दाबी गर्दै अलग राज्य माग्नेहरूको तरिका ठिक नभएको कारण नै अहिलेसम्म राज्य पाउन नसकेको पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad