16 औं हाफ म्याराथान अनि अन्तर विद्यालय एथलेटेकि मिट सम्पन्न - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 20, 2018

16 औं हाफ म्याराथान अनि अन्तर विद्यालय एथलेटेकि मिट सम्पन्न


गफसफ.com, कालेबुङ 20 सितम्बर।
कुमुदिनी विद्याश्रमको पूर्व छात्र सङ्गठन कुमुदिनी परिवारको आयोजनामा आज 16 औं हाफ म्याराथान अनि अन्तर विद्यालय एथलेटेकि मिट सम्पन्न भएको छ। उक्त हाफ म्याराथानमा 20 वटा विद्यालयका विद्यार्थीवर्गले भाग लिएका थिए भने अन्य खेलहरूमा 13 वटा विद्यालयका विद्यार्थीवर्गके भाग लिएका थिए।


कुमुदिनी परिवारका सदस्य तथा भुटानवासी एम के राई मुख्य अतिथिको रूपमा उपस्थित रहेको कार्यक्रममा गेम छिरीङ भोटीया, ट्राफिक डीएसपी अजरूद्धिन खान, बी बी ब्लोन, सोनाम भोटीया, युवराज छेत्री आदि विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।
छात्र अनि छात्राहरूको वेग्ला बेग्लै वर्गमाझ सम्पन्न भएको उक्त हाफ म्याराथान अन्तर्गत छात्रवर्गमा एसयुएमआईका विकास भुजेल प्रथम, कुमुदिनी विद्याश्रमका सचिन राई दोस्रो अनि एसयूएमआई कै मोहम्मद मजरूद्धिन तेस्रो बनेका छन्। यता छात्रावर्गमा एसयुएमआईकी शिक्षा राई प्रथम, गङ्गोत्री उच्च विद्यालयकी बविता आचार्य दोर्सो अनि सुरूक उच्च विद्यालयकी प्रिया तामाङ तेस्रो बनेकी थिइन्। विजयी प्रतियोगीहरूलाई कार्यक्रका मुख्य अतिथि अनि विशिष्ट अतिथिवर्गको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो।
यस अवसरमा कुमुदिनी परिवारका सचिव प्रबीण राईले स्थानीय खेलाडीहरूलाई खेलप्रति प्रोत्साहन प्रदान गर्न नै कुमुदिनी परिवारले यस प्रकारको समारोह आयोजना गर्ने गरेको जनकारी दिएका छन्। उनले शैक्षिक विकास सँगै शारिकिक अनि मानसिक विकासका निम्ति खेलकुद एउटा महत्वपूर्ण माध्यम भएको कारण कुमिदिनी परिवारले यसरी खेलकुदको आयोजना गर्ने गरेको थप बताएका छन्।
यस अवसरमा मनोरञ्जनात्मक प्रस्तुतीहरू पनि प्रस्तुत गरिएको थियो भने विद्यालयका पूर्व धावकहरूलाई पनि कार्यक्रममा सम्मान पनि जनाइएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad