‘विमल गुरुङ भूत भएर घुम्दैछ पहाडमा’ – अमर लामा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, September 7, 2018

‘विमल गुरुङ भूत भएर घुम्दैछ पहाडमा’ – अमर लामा

गफसफ.com, कालेबुङ 7 सितम्बर।
‘विमल गुरुङ भूत भएर घुम्दैछ पहाडमा’ उक्त कुरा जन आन्दोलन पार्टीका ब्यूरो सदस्य अमर लामाले भनेका हुन्। उनले पेदोङमा आयोजित जन आन्दोलन पार्टीको पथसभालाई सम्बोधन गर्दै राजनीतिमा राज्यसरकारसँग मिलेर बस्दा विमल गुरुङ कस्तो थियो अनि मिल्न छोडेपछि कस्तो भए भन्ने कुराको जानकारी दिदै उक्त कुरा भनेका हुन्।


तामाङले राजनीतिमा देखिने मेलमिलाप सबै स्वार्थी हुने गरेको भन्दै विगत दिनमा विमल गुरुङ र ममता ब्यानर्जी पनि स्वार्थको निम्ति मिलेको आरोप लगाए। ‘विमल गुरुङ र ममता ब्यानर्जीको मिलाप हुँदाखेरि विमल गुरुङलाई सात खुनको माफ दियो। मदन तामाङको हत्याकाण्डमा विमल गुरुङलाई एन्टिसिपेटरी बेल दिलाइदिने ममता ब्यानर्जी हो। त्यो म ठोकेर भन्छु’ अमल लामाले अझ भने –‘मत स्वयम् त्यो बेलको ढेड वर्ष हियरिङमा गएको। तर, आज त्यै विमल गुरुङलाई राजनैतिक कारणले खेदयो। खेद्न पनि यस्तो तरिकाले खेद्यो कि विमल गुरुङ भूत जस्तो भएको छ।’
यसक्रममा उनले अन्य मानिसहरू पनि स्वार्थी हुने गरेको भन्दै विमल गुरुङ सत्तामा हुँदा उनलाई दाज्यु भनेर पछि-पछि हिँडेर आफ्नो स्वार्थ पुरा गरेको पनि आरोप लगाए। यसक्रममा उनले विमल गुरुङ अनि रोशन गिरीको घरमा टुनामुनाको राजनीति अत्यन्त्यै तल्लो स्तरको भन्दै विगतमा विमल गुरुङ र रोशन गिरीहरूले पनि त्यस्ता टुनामुनाहरू गरेको  तामाङको आरोप लगाएका छन्।
उनले आफ्नो सम्बोधनको क्रममा एकथरिका मानिसहरू अहिले पनि विमल गुरुङ आउँछ भनेर पर्खेर बसेको भन्दै विमल गुरुङहरू फर्केर आउँछ भनेर जनताले पर्खेर बस्न नहुने आह्वान गरे।
‘विमल गुरुङले आफ्नो त बचाउ गर्न सकेन, तपाईँ  जनताको के बचाउ गर्छ?’ अमर लामाले अझ भने ‘विमल गुरुङ छैन त के भो आउनुहोस् जन आन्दोलन पार्टी छ।’ यसक्रममा उनले विनय तामाङ पन्थि गोजमुमो नेताहरूले आफुहरूलाई झरिच्याउ भनि आरोप लगाएको भन्दै उक्त भन्नेहरू हिजका दिनमा आफुहरूको पछि पानी बोकेर कुदिहिँड्नेहरू हुन् भने।
‘नेताको पछि मान्छे नहोस् तर नेताको दुईवटा गुण हुनपर्छ। त्यो हो ईमान्दारिता र विश्वनियता। हामीसित ईमान्दारिता र विश्वसनियता दुवै छ।’ यसक्रममा उनले विमल गुरुङ आउँछ भनेर पर्खनेहरूले विमल फर्कने आशा गर्न नहुने बताउँदै भाजपाले पनि विमल गुरुङसँग विश्वास गर्दैनौँ भन्न थालिसकेको बताए। यस्तो अवस्थामा जनतालाई जन आन्दोलन पार्टीले मात्र ईमान्दारसँग नेतृत्व गर्ने लामाले दाबी गरेका छन्।


No comments:

Post a Comment

Post Bottom Ad