गोर्खाल्याण्डको रणनीति बनाउन दोस्रो गोर्खा राष्ट्रिय शिखर सम्मेलन गुहाटीमा हुने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 20, 2018

गोर्खाल्याण्डको रणनीति बनाउन दोस्रो गोर्खा राष्ट्रिय शिखर सम्मेलन गुहाटीमा हुने

गफसफ.com, नयाँ दिल्ली 18 सितम्बर।
छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई अघि बडाउन दोस्रो गोर्खा राष्ट्रिय शिखर सम्मेलन सम्पन्न हुने भएको छ। आगामी 22 अनि 23 सितम्बरका दिन गोर्खा राष्ट्रिय शिखर सम्मेलन समन्वय समिती, आग्सु असम एवम् गोर्खाल्याण्ड संयुक्त संघर्ष समिति (साझा मञ्च)को संयुक्त आयोजनामा गुवाहाटीमा दोस्रो गोर्खा राष्ट्रिय शिखर सम्मेलन हुने निश्चित भएको छ।
फाइल फोटो 
उक्त कार्यक्रम गोर्खाद्वारा गोर्खाको निम्ति गरिएको साझा पहल हुनेछ। उक्त सम्मेलनमा पहाड लगायत सम्पूर्ण भारतभरिका राजनैतिक अनि अराजनैतिक पार्टीका प्रमुख नेतृत्वहरुलाई निम्ताइएको छकार्यक्रमबारे गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिका कार्यकारी अध्यक्ष सघन मोक्तानले एक प्रेस विज्ञप्ति जारी गरि भनेका छन्। यसक्रममा उनले सम्मेलनको मुख्य उदेश्य बिगत दिन २८ एंव २९ जुलाईमा सम्पन्न भएको पहिलो गोर्खा राष्ट्रिय शिखर सम्मेलनको सम्पूर्ण प्रस्तावनाहरुमा अन्तिम निर्णय लिनेपहाडमा वर्तमानमा  चलिरहेको राजनीति र कुटनीति माथि चर्चा परिचर्चा हुनेछ भनि बताएका छन्।

यसक्रममा उनले भारतका खाँटी नागरिक गोर्खाहरुमाथि आफ्नै भुमिमा चलिरहेको अनेकौ षडयन्त्र विरुद्ध एक भएर ठोस रणनीति बनाउने पहल पनि उक्त सम्मेलनमा हुने बताएका छन्। यसक्रममा गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिले गोर्खाहरू विरुद्ध षयन्त्र चलिरहेको आशंका व्यक्त गर्दै ‘प्रत्येक गोर्खाल्याण्ड पन्थी साथै जाति उन्मुक्तिको संग्राममा संघर्ष गरिरहेको संग्रामी नेतृत्वहरु अत्तालिनुपर्ने समय आएको छ अनि झट्ट साझा मञ्चमा आएर साझा प्रयासमा ठोस रणनीति बनाएर अग्रसर हुनु जरुरी रहेको बताएको छ।
‘यस्ता सामुहिक नेतृत्वको कतिवटा पहलहरु बिगतमा पनि बिफल भएको भएपनि हाम्रोमा यसबाहेक अर्को कुनै विकल्प छैन, साझा मञ्चमा आएर साझा पहलमा रणनीति बनाउनु नै अन्तिम अनि बेजोड उपाय हो। यसैले गर्दा जतिपल्ट नै विफल भए पनि फेरि अर्को पल्ट पुन: प्रयास गर्नैपर्छ’ प्रेस विज्ञप्तिमा अझ भनिएको छ ‘अब कुनै ढिलाई बिनानै हामी टेबलमा आएर अलग अलग पार्टी सित भएको गुण र शक्तिहरुलाई एकमुष्ट गरेर बलियो झटारो बनाउनै पर्छ। नत्र हामीलाई आउन लागेको झटारो हामी तयार हुन नपाई भेटे यसले हाम्रो जातिको अस्तित्वलाई नै सम्हाल्नु नसक्ने गरि छरपष्ट बनाइदिनेछ।’

No comments:

Post a Comment

Post Bottom Ad