रष्ट्रिय राजमार्ग बिरिक डाँडामा वाहन दुर्घटना; घटना स्थलमै खलासीको मृत्यु - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 20, 2018

रष्ट्रिय राजमार्ग बिरिक डाँडामा वाहन दुर्घटना; घटना स्थलमै खलासीको मृत्यु

गफसफ.com, कालेबुङ 20 सितम्बर।
राष्ट्रिय राजमार्ग 10 अधिनस्थ बिरिक डाँडा नजिक आज बिहान वाहन दुर्घट्नाग्रस्त हुँदा खलासीको घट्ना स्थलमा नै मृत्यु भएको छ। दुर्घट्नामा परेर वाहनका खलासी विक्रम साइबो (23) को मृत्यु भएको छ भने उनी चम्पासरी सिलगडी निवासी रहेको पुलिस सूत्रबाट जानकारी प्राप्त भएको छ।

प्राप्त जानकारी अनुसार डब्लुबी 73 सी 2676 नम्बरधारी पिकअप भ्यान सिलगडीबाट सिक्किमतर्फ समान लिएर गइरहेको समयमा अचानक बाटो छोडेर लगभग दुईसय फिट तल भीरबाट झरेको छ। दुर्घनाको जानकारी पाउनसाथ घट्नास्थलमा रम्बी पुलिस पुगेका थिए भने स्थानीय मानिसहरूको सहयोगमा दुर्घट्ना स्थलबाट विक्रम साइबोको शवलाई उद्धार गर्न सकेको हो।
दुर्घटनापछि वाहनका चालक लापत्त भएका छन् भने पुलिसले वाहनमा अन्य मानिसहरू पनि सवार रहेको हुनसक्ने अनुमाग गरेर दुर्घट्ना स्थलमा खोजि कार्य जारी राखेका छन्। दुर्घट्नाको कारण के हो भन्ने अहिलेसम्म केही भन्न नसकेपनि पुलिसले दुर्घट्नाबारे छानबीन सुरु गरेको छ। सिलगडीबाट सिक्किम तर्फ गइरहेको उक्त वाहनले दुर्घट्ना स्थलमा आइपुगेपछि अर्को वाहनलाई उछिनेर अघि जान खोज्दा विपरित दिशाबाट अर्को वाहन आएपछि नियन्त्रण हराएर उक्त दुर्घट्ना घटेको हुनसक्ने अनुमान गरिएको छ।
उक्त दुर्घट्नापछि पुलिसले वाहनका मालिकलाई सम्पर्क गरेर सोधपुछ गर्दा विक्रम साइबो वाहनका खलासी रहेको अनि वाहनका चालक भने अर्कै व्यक्ति रहेको थाह लागेको हो। भीरबाट वाहन लगभग दुईसय फिट तल झरेपछि वाहन पूर्णरूपले छतिग्रस्त भएको छ भने वाहनमा अन्य मानिसहरू पनि सवार रहेको हुनसक्ने अनि उनीहरू वाहनबाट दुर्घट्नाको समय उछिटिएको हुनसक्ने अनुमान गरेर खोजि अभियान जारी राखेको छ।

No comments:

Post a Comment

Post Bottom Ad