गोर्खाल्याण्ड टेवा मञ्चको सभा; एनजीसीद्वारा प्रकाशित पुस्तक सदस्यहरूलाई वितरण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 4, 2018

गोर्खाल्याण्ड टेवा मञ्चको सभा; एनजीसीद्वारा प्रकाशित पुस्तक सदस्यहरूलाई वितरण


गफसफ.com, सिक्किम 4 सितम्बर।
गोर्खाल्याण्ड जन आन्दोलन टेवा मञ्चको पाँचौ साप्ताहिक सभा मञ्चका अध्यक्ष चन्दन गुरूङको अध्यक्षतामा रम्फु सिक्किममा सम्पन्न भएको छ। सभामा नेशनल गोर्खाल्याण्ड कमिटिद्वारा प्रकाशित पुस्तक ‘The Story of Gorkhaland’ सदस्यहरूलाई वितरण गरिएको छ।

छुट्टै राज्य गोर्खाल्याण्ड सम्बन्धि उक्त पुस्तक महत्वपूर्ण दस्तावेज रहेको भन्दै गोर्खाल्याण्ड टेवा मञ्चले उक्त पुस्तकलाई प्रत्येक गोर्खाहरूको हातमा पुर्‍याउने अघिबाटै लक्ष्य राखेको छ। उक्त पुस्तकको माध्यमाअट गोर्खाल्याण्ड गठनको आधार मानिसहरूले बुझ्न सक्ने भन्दै जनमानसमा गोर्खाल्याण्ड गठनको आवश्यक्ताबारे अवगत गराउन नै मञ्चले पुस्तक वितरणको जिम्मेवारी लिएको अध्यक्ष चन्दन गुरुङले बताएका छन्। उस्तकलाई प्रत्येक गोर्खाहरूको हातमा पुर्‍याउनका निम्ति आगमी 9 सितम्बरका दिन गान्तोकमा लोकार्पण कार्यक्रम आयोजना गरिने पनि अध्यक्ष गुरुङले जानकारी दिएका छन्।
यसक्रममा गोर्खाल्याण्ड प्रेमी प्रत्येकलाई अलग राज्य गोर्खाल्याण्ड निर्माणको महत् कार्यमा आफ्नो बल विवेक र सामर्थ्यले भ्याएजति  कार्यहरू गरिरहनुपर्ने मञ्चका सचिव श्री छिरीङ् दीन सेर्पाले आह्वान गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad