मुख्यमन्त्री अनि जीटीए माझ वैठक; ‘दार्जीलिङ हिल युनिभर्सिटी’-को भोलि हुनेछ शिल्यान्यास - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 4, 2018

मुख्यमन्त्री अनि जीटीए माझ वैठक; ‘दार्जीलिङ हिल युनिभर्सिटी’-को भोलि हुनेछ शिल्यान्यास

गफसफ.com, दार्जीलिङ 4 सितम्बर।
मुख्यमन्त्री ममता ब्यानर्जीली भोलि ‘दार्जीलिङ हिल युनिभर्सिटी’-को शिल्यान्यास गर्ने भएकी छन्। उक्त युनिभर्सिटि मङ्पूमा निर्माण हुने भएको छ। यसदभन्दा अघि उक्त युनिभर्सिटिको नाउँ ‘ग्रीन फिल्ड युनिभर्सिटि’ हुने भनिएको थियो भने आज मुख्यमन्त्री ममता ब्यानर्जीले नाउँ परिवर्तन गरेर ‘दार्जीलिङ हिल युनिभर्सिटी’ हुने घोषणा गरेकी छन्।
ममता ब्यानर्जी अनि जीटीए बोर्ड माझ वैठकको दृष्य 

तीन दिवसीय दार्जीलिङ भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए प्रशासनसँग वैठक गरेपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले ‘दार्जीलिङ हिल युनिभर्सिटी’ को नाउँ घोषणा गरेकी हुन्। दार्जीलिङमा आज मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीए बोर्ड अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा लगायत दार्जीलिङ अनि खर्साङका विधायकद्वय अनि जीटीए अधिकारीवर्गसँग वैठक गरेर ‘नयाँ दार्जीलिङ’ निर्माण गर्ने पनि घोषणा गरेकी छन्।

‘जीटीएसँग हामीले वैठक गर्‍यौँ। वैठकमा मन्त्रीहरू अरूप विश्वास, इन्द्रनिल सेन पनि थिए। यसका साथै जीटीए बोर्ड अध्यक्ष विनय तामाङ, अनित थापाहरू पनि थिए। वैठकमा हामीले विभिन्न विषयहरूमा विस्तृत रूपमा चर्चा गरेका छौँ’ मुख्यमन्त्री ममता ब्यानर्जीले वैठकपछि पत्रकारहरूलाई भनिन्।
वैठकमा दार्जीलिङ पहाड, कालेबुङ, खर्साङ अनि मिरिक लगायत अन्य क्षेत्रहरूको विकास गर्नका निम्ति तीनवटा योजनाहरू बनाउन एउटा कमिटि गठन गरेको पनि जानकारी दिएकी छन्। ‘दार्जीलिङ, कालेबुङ, खर्साङ क्षेत्रको विकास गर्नका निम्ति सर्ट ट्रम, मिड ट्रम अनि लङ ट्रम प्लान बनाउनुपर्छ। यसको निम्ति चिफ सेक्रेटरीले एउटा स्पेशल कमिटि गठन गरेका छन्’ मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्।
उक्त कमिटिका चार्जमा दार्जीलिङ विधायक अमरसिँह राई रहने पनि मुख्यमन्त्री ममता ब्यानर्जीले जानकारी दिएकी छन् भने कमिटिमा विधायक अनि नगरपालिका अध्यक्ष, सीआईआईका सदस्य, फिकिको सदस्य, डीएम, एसपी, चिफ एडहाईजरमा विनय तामाङ अनि अनित थापा, प्रिन्सिपल सेक्रेटेरी ठाडे  रहने पनि उनले जानकारी दिएकी छन्। यसक्रममा उनले उक्त कमिटि गठनबारे मुख्य सचिवले चाँडै अधिसूचना समेत जारी गर्ने जानकारी दिएकी छन्।  
‘यस कमिटिले 6 महिना भित्रमा दार्जीलिङलाई अझ कसरी राम्रो भन्दा राम्रो काम गर्न सक्नेछौँ भनेर सरकारलाई रिपोर्ट बुझाउनेछ’ मुख्यमन्त्री ममता ब्यानर्जीले अझ भनिन् –‘दार्जीलिङ खचाखच भयो। अब यसलाई विभिन्न ठाउँमा बिकास गरेर नयाँ दार्जीलिङ बनाउनेछौँ।’
उअले उक्त कमिटिले विभिन्न क्षेत्रमा कार्य गर्ने भन्दै पर्याटन व्यवसायलाई वृद्धि गगर्ने अनि भोलि शिल्यान्यास हुने ‘दार्जीलिङ हिल युनिभर्सिटी’ लाई सबैले मिलेर अघि बडाउनुपर्ने आह्वान पनि गरेकी छन्। यसक्रममा उनले मङ्पूमा निर्माण हुने युनिभर्सिटि दार्जीलिङवासीको पुरानो माग रहेको भन्दै यसलाई केन्द्र सरकारले नदिँदा राज्यले दिएको पनि स्पष्ट पारेकी छन्।
‘दार्जीलिङका मानिसहरूले धेरै लामो समयदेखि युनिभर्सिटिको माग गरिरहेका थिए। यो एकदमै पुरामो माग हो अनि यसबारे केन्द्र सरकारलाई पनि माग गरेका थिए तर केन्द्रले केहि दिएन। यसैकारण राज्य सरकारको पक्षबाट हामीले दार्जीलिङमा युनिभर्सिटि निर्माण गर्ने भएका हौँ’ मुख्यमन्त्री ब्यानर्जीले भनिन्।

भिडियो हेर्न यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad