पञ्चत्वमा विलिन भए पञ्चरत्न प्रधान; मानिसहरूले दिए श्रद्धाञ्जली - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 4, 2018

पञ्चत्वमा विलिन भए पञ्चरत्न प्रधान; मानिसहरूले दिए श्रद्धाञ्जली


गफसफ.com, कालेबुङ 4 सितम्बर।
दार्जीलिङ जिल्लाका पूर्व जिल्ला परिषद् सभाधिपति एवम् कालेबुङ एस.यु.एम.आई. का पूर्व प्रधान अध्यापक पञ्चरत्न प्रधान आज पञ्चतत्वमा विलिन भएका छन्। १५ जनवरी १९२३ का दिन जन्मेका पञ्चरत्न प्रधानको गत 2 सितम्बर 2018 का दिन सिलगडीको एक नर्सिङ होममा 95 वर्षको उमेरमा मृत्यु भएको थियो भने आज उनको ख्रिष्टिय परम्परा अनुसार अन्तिम संस्कार गरिए पछि उनी पञ्चतत्वमा विलिन भएका हुन्।
कालेबुङ शहरमा निकालिएको प्रञ्चरत्न प्रधानको शवशात्रा

कालेबुङको शैक्षिक विकासका महत्वपूर्ण योगदान पुर्‍याउने अनि दार्जीलिङ पहाडको राजनीतिमा एकसमय सक्रिय भुमिका निभाउने पञ्चरत्न प्रधानको मृत्युले सम्पूर्ण कालेबुङ शोकमा डुबेको छ। मृत्युपछि प्रधानको पार्थिव शरीर उनकै ज्येष्ट पुत्र नभरत्न प्रधानको वास स्थानबाट आज बिहान अन्तिम सस्ंकारको निम्ति निकालिएको थियो। त्यसपछि नागरिक श्रद्धाञ्जलीको निम्ति उनको पार्थिव शरिरलाई कालेबुङको एसयुएमआई प्राङ्गनमा राखिएको थियो भने विभिन्न स्थानबाट आएका मानिसहरूले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। त्यसपछि उनको पार्थिव शरिरलाई कालेबुङ शहर परिक्रममा गरिएपछि म्याकफार्लेन चर्चमा पुर्‍याइएको थियो।
कालेबुङ शहरमा पञ्चरत्न प्रधानको शरिरलाई लिएर अन्तिम यात्रा निकालेपछि शहरका मानिसहरूले पनि उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए। उक्त पार्थिव शरिरलाई एसयुएमआईकै विद्यार्थीवर्गहरूले शोकधुनको साथमा नगर परिक्रमा गराउँदा मानिसहरूले भावपूर्ण श्राद्धाञ्जली दिएका थिए।

1 comment:

Post Bottom Ad