सिलगडीको होटलबाट सिक्किमे युवको मृतदेह उद्धार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 6, 2018

सिलगडीको होटलबाट सिक्किमे युवको मृतदेह उद्धार

गफसफ.com, सिलगडी 7 सितम्बर।
सिलगडीको एउट होटलबाट सिक्किमका एक युवकको शवलाई पुलिसले उद्धार गरेको छ। मृतक व्यक्तिलाई सिक्किम तादोङ 5 माइल निवासी आशिस राईको रूपमा चिन्हित गरिएको छ।

प्राप्त जानकारी अनुसार सिलगडी जङ्क्सन क्षेत्रमा अवस्थित एउटा होटलमा युवकक मृत्यु भएको होटल सञ्चालकले थाह पाएपछि पुलिसलाई जानकारी गराउँदा घट्ना स्थलबाट पुलिसले शवलाई उद्धार गरेको हो। यस सम्बन्धमा पुलिसले जाँच कार्य सुरु गरेको छ भने मृत्युको वास्तविक कारणबारे भने कुनै पत्तो लाग्न सकेको छैन।
विशेष सूत्रबाट प्राप्त जानकारी अनुसार उक्त युवकले एकजना साथीसँग होटलको एउटा कोठा लिएका थिए। राती होटलमा बास बसेका दुईमदध्ये एकजनाको बिहान ओछ्यानमा नै मृत्य भइरहेको होटलका कर्मचारी देखेपछि तत्कालै पुलिसलाई सूचित गरिएको थियो।
घट्नाबारे प्रधान नगर पुलिस थानाले जानकरी पाएपछि घट्ना स्थलमा पुलिसबल पुगेका थिए भने उनीहरूले मृतदेहलाई उद्धार गरेर अस्पतालमा पुर्‍याएको छ। अर्कोतर्फ पुलिसले घट्नाको वास्तविक तथ्य पत्तो लगाउन उक्त युवकसँगै होटलमा बास बस्न आएका साथीलाई सोधपुछ गरिरहेको छ। यद्यपी उनको मृत्युको रहस्य भने पत्तो लाग्न सकेको छैन।

No comments:

Post a Comment

Post Bottom Ad