सालुगडा नजिक वाहन दुर्घट्नाग्रस्त - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, September 5, 2018

सालुगडा नजिक वाहन दुर्घट्नाग्रस्त

गफसफ.com, सिलगडी 6 सितम्बर।
सालुगडा नजिक बङ्गाल सफारी पार्क छेउमा वाहन दुर्घट्नाग्रस्त भएको छ। राष्ट्रिय राजमार्गमा द्रुत गतिमा गुडिरहेको सानो वाहनले अघि गुडिरहेको ट्रकलाई पछाडीबाट हिर्काएपछि उक्त दुर्घट्ना भएको हो। दुर्घट्नामा परेर वाहनमा सवार मानिसहरू भाग्यले बाँचेका छन् भने उनीहरूलाई चोटपटक लागेको छ। दुर्घट्नापछि घट्ना स्थलमा पुलिस बल पुगेर जाँच गरिरहेको छ भने दुर्घटनामा कसैको ज्यान भने गएको छैन।

विशेष गरेर चालकहरूले राष्ट्रिय राजमार्गको सेभोक तेस्रोमा वाहनहरू अत्यन्त्यै रफ्तारको साथमा गुडाउने गर्छन्। जहाँ तिव्र रफ्तारकै कारण बारम्बार दुर्घट्ना हुँदै आइरहेको छ। यसैक्रममा उक्त वाहन पनि अघि रहेको ट्रकलाई उछिनेर अघि बड्नेक्रममा द्रुत रफ्तारको साथमा अघि बडीरहँदा विपरित दिशाबाट अर्को वाहन आएपछि रफ्तारलाई नियन्त्रण गर्न नसक्दा उक्त दुर्घट्ना भएको अनुमान गरिएको छ।
विस्तृत जानकारी आउन बाँकी ...

No comments:

Post a Comment

Post Bottom Ad