जन आन्दोलन पार्टीले उठायो त्रिपक्षीय वार्ताको माग; डा. हर्कबहादुर छेत्रीले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 6, 2018

जन आन्दोलन पार्टीले उठायो त्रिपक्षीय वार्ताको माग; डा. हर्कबहादुर छेत्रीले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन

गफसफ.com, कालेबुङ 6 सितम्बर।
जन आन्दोलन पार्टीले त्रिपक्षीय वार्ताको माग गरेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले बुधबार ‘दार्जीलिङ हिल युनिभर्सिटी’को शिल्यान्यास कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा ज्ञापन पत्र चढाएर त्रिपक्षीय वार्ताको माग गरेका हुन्।
मुख्यमन्त्री ममता ब्यानार्जी अनि डा. हर्कबहादुर छेत्री (प्रतिकात्मक फोटो) 
डा. छेत्रीलाई दार्जीलिङ चौरास्तामा विश्वविद्यालय निर्माणको शिल्यान्यास कार्यक्रममा सहभागी बन्नका निम्ति निमन्त्रणा पत्र आएपछि कार्यक्रममा सहभागी बन्ने गएकै मौकामा मुख्यमन्त्रीलाई ज्ञापन चढाएको जानकारी दिएका छन्। यसक्रममा उनले मानव संसाधनको विकास नै सबैभन्दा ठूलो कुरा हो भन्दै ‘विश्वविद्यालय निर्माणलाई स्वागत गर्दछौँ’ भने।
‘एकातिर भाजपाले राज्यको सहमती नभएसम्म हामी केहि गर्दै भन्दैछन्। केहिदिन अघि मात्रै राजीव प्रताप रूढीले पनि त्यस्तै बयान दिए भने एस.एस आहलुवालीयाले पनि सोहि प्रकारका बयान दिइरहेका छन्’ डा. हर्कबहादुर छेत्रीले अझ भने- ‘केन्द्रिय स्तरका दुईजना मन्त्रीहरूले राज्यको कोर्टमा नै बल फ्याँकिरहेको बेलामा हामीले मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ आएकै मौकामा हामीले त्रिपक्षीय वार्ताको माग गरेर ज्ञापन बुझाएका छौँ।’
डा. छेत्रीले उक्त ज्ञापन पत्रमा विश्वविद्यालयको नाउँ डा. ईन्द्रबहादुर राईको नाउँमा राख्नुपर्ने सुझाव पनि पेश गरेको जानकारी दिएका छन्। उनले डा. ईन्द्रबहादुर राईले दार्जीलिङलाई अत्यन्त्यै माया गर्ने गरेको अनि दार्जीलिङ विषयमा सधैँभरी चिन्ता गर्ने गरेको भन्दै उनलाई सम्मान गर्न नै विश्वविद्यालयको नाउँ उनको गर्न सके साँचो श्रद्धा हुने पनि बताएका छन्।
‘पहाडको अन्योल हटेर स्पष्ट चित्र देख्नुपर्छ। यहाँको जनताले प्रजातन्त्रमा बाँच्न पाउनुपर्छ। यहाँ ऐले सबै नोमिनेटेडले चलाईरहेको छ। सांसद कहाँ छ पत्तो छैन, विधायकहरू कता छन्? पञ्चायत व्यवस्था पनि छैन। यसैकारण सिधै केन्द्रमा जाँदा केन्द्रले राज्य भएर आऊ भन्छ। राजीव प्रताप रूढीले पनि राज्य सरकार भएर आउनुपर्ने भएपछि हामीले राज्य सरकारलाई त्रिपक्षीय वार्ताको पहल गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र चढाएका छौँ’ डा. हर्कबहादुर छेत्रीले भने।
अर्कोतर्फ आज जन आन्दोलन पार्टीका ब्युरो सदस्य युसुफ सिमिक एक पत्रकार सम्मेलन डाकेर त्रिपक्षीय वार्ताको निम्ति राज्य सरकारलाई सबैले दाबाव दिनुपर्ने आह्वान गरेका छन्। जापले त्रिपक्षीय वार्ताको मागमा पठाएको पत्रलाई अन्य मानिसहरूले पनि थप सहीक्षाप गरेर राज्य सरकारलाई पठाएर त्रिपक्षीय वार्ता आयोजनाको माग गर्नुपर्ने सिमिकले जनसाधरणलाई अपिल गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad