खँदुवा, पिस्तोल र अन्य बिस्फोटक सामाग्रीहरूको साथमा गोरुबथानबाट 3 जना पक्राउ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 6, 2018

खँदुवा, पिस्तोल र अन्य बिस्फोटक सामाग्रीहरूको साथमा गोरुबथानबाट 3 जना पक्राउ

गफसफ.com, कालेबुङ 6 सितम्बर।
भूमिगत नेता विमल गुरुङ नजिकका मानिने गोरूबथान निवासी जुरन राईलाई पुलिसले पक्राउ गरेको छ। राईसँगै पुलिसले अन्य दुईजना क्रमैले रमेश राई अनि धिरज प्रधानलाई पनि पक्राउ गरेको छ। पक्रा परेकाहरूबाट पुलिसले विस्फोटक समाग्रीहरू जिलेटिन, डेटोनेटरसँगै एउटा पाइप गन (खँदुवा) अनि एउटा देशी पिस्तोल फेला पारेको छ।
पक्रा परेका जुरन राई न्यायालयमा 
नाका चेकिङको समय पुलिसले उनीहरू सबैलाई पक्राउ गरेको पुलिस अधिक्षक धुर्व ज्योति देले जानकारी दिएका छन्। ‘बितेको राती पुलिसले नाका चेकिङ गरिरहेको समयमा गोरूबथान पुलिसले जुरन राई, रमेश राई अनि धिरज प्रधानलाई पक्राउ गरेको छ। उनीहरू सबैलाई आज कालेबुङ न्यायालयमा पेश गरियो। पक्रा परेकाहरूबाट एउट पाइप गन (खँदुवा), 6 वटा जिलेटिन स्टिक अनि डेटोनेटरको गुक्छा, अनि एउटा देशी पिस्तोल फेला पारेको छ’ कालेबुङ जिल्ला पुलिस अधिक्षक ध्रुर्व ज्योति दे ले भने।
पुलिसले पक्रा परेकाहरू विरुद्ध भारतीय दण्ड संहिताको धारा 120 बी/ 34  अनि 25/27, आर्म्स एक्ट अनि 4/5  विस्फोटक कानुन अन्तर्गत मुद्दा दर्ता गरेको छ। उनीहरूलाई कालेबुङ न्यायालयमा पुलिसले पेश गरेपछि पुलिसले न्यायालयसमक्ष रिमाण्डको निम्ति आवेदन गरेको थियो। न्यायालयले पुलिसले मागेको रिमाण्डलाई स्वीकार गर्दै तीनैजनालाई 10 दिनको पुलिस रिमाण्डमा पठाएको छ।
पक्रा परेकाहरूलाई पुलिसले कालेबुङ न्यालायमा पेश गर्न ल्याउँदा न्यायालय परिसरमा कठोर सुरक्षा व्यवस्था गरिएको थियो। उनीहरूलाई न्यायालयमा पेश गरेपछि पुलिसले रिमाण्डमा लिएर सोधपुछको निम्ति लिएर गएको छ।

No comments:

Post a Comment

Post Bottom Ad