माझेरहाटमा पूल दुर्घट्ना; मुख्यमन्त्री ममता ब्यानर्जीले भोलिनै कोलकोता फर्कने - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, September 4, 2018

माझेरहाटमा पूल दुर्घट्ना; मुख्यमन्त्री ममता ब्यानर्जीले भोलिनै कोलकोता फर्कने

गफसफ.com, दार्जीलिङ 4 सितम्बर।
कोलकोता स्थित माझेरहाटमा एउटा पूलको आधा भाग झरेर दुर्घट्ना भएपछि तीनदिवसीय दार्जीलिङ यात्रामा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले भोलिनै कोलकोता फर्किने निश्चित भएको जानकारी प्राप्त भएको छ। आज उनले दार्जीलिङमा जीटीए बोर्डसँग वैठक गरिएको समय कोलकोता उक्त दुर्घट्ना भएको थियो।

तीन दिवसीय दार्जीलिङ भ्रमण आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज जीटीए बोर्डसँग वैठक गरेकी थिइन् भने भोलि ‘दार्जीलिङ हिल युनिभर्सिटी’-शिल्यान्यास गर्ने कार्यक्रमसँगै अन्य सरकारी कार्यक्रमहरू रहेको छ। कोलकोतामा भएको उक्त दुर्घटनालाई ध्यानमा राखेर भोलि दिउँसो 3 बजेदेखि सम्पन्न हुने शिल्यान्यास कार्यक्रमलाई समेत बिहान 11 बजे सारिएको छ।
प्राप्त  जानकारी अनुसार कोलकोतामा भएको दुर्घट्नाको कारण मुख्यमन्त्री ममता ब्यानर्जीले आजनै कोलकोता फर्किने मन बनाएकी थिइन्। यद्यपी बाघडुग्राबाट राती विमान सेवा नभएको कारण उनी कोलकोरा राती नै फर्कन नसकेकी हुन्। यद्यपी भोलि बिहानै फर्कने भएको विशेष सुत्रबाट जानकारी प्राप्त भएको छ।
विशेष गरेर भोलि शिक्षक दिवसको पावन अवसरमा ‘दार्जीलिङ हिल युनिभर्सिटी’-को शिल्यान्यास गर्ने अघिबाटै कार्यक्रम तय भएको कारण मुख्यमन्त्री दार्जीलिङ आइपुगेकी हुन्। तर, दुर्भाग्यवस कोलकोतामा पूलको आधा भाग झरेर दुर्घट्ना पभएपछि कार्यक्रम स्थगित गर्न पर्ने स्थिति आएको हो। यद्यपी कार्यक्रमलाई भने स्थगित नगरेर बिहान 11 बजे सारिएको छ। विश्वस्त सूत्रबाट प्राप्त जानकारी अनुसार मुख्यमन्त्री ममता ब्यानर्जीले बिहान 11 बजे ‘दार्जीलिङ हिल युनिभर्सिटी’ –को उद्घाटन गर्नेसाथ कोलकोता प्रस्थान गर्ने भएकी छन्। यस असवरमा उनले शिल्यान्यास पछि कार्यक्रमलाई 5 मिनट सम्म सम्बोधन गर्नसक्ने सम्भावना रहेको छ।
यता मुख्यमन्त्री ममता ब्यानर्जी भोलिनै कोलकोता प्रस्थान हुने निश्चित भएपछि दिउँसो 3 बजेदेखि चौरास्तामा सम्पन्न हुने युनिभर्सिटीको शिल्यान्यास कार्यक्रमलाई 11 बजे हुने भएको भन्दै कार्यक्रममा सबैलाई 10 बजे नै उपस्थित बनिदिने जीटीए बोर्ड अध्यक्ष विनय तामाङले अपिल गरेका ह्हन्। ‘कलकत्तामा पुल दुर्घटना भएकोले भोलि चौरस्तामा हुने उद्घाटन समारोह अपरान्ह 3 बजेको बदली बिहान 11 बजे हुने भएकोले हजुरहरु सबै चौरस्तामा 10 बजे आइदिने अनुरोध गर्दछु’ विनय तामाङले अपिल गरेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad