चिया श्रमिकवर्गको दैनिक हाजिरा वृद्धि; न्युनतम मजदुरी अधिनियम अनुसार पाएनन् हाजिरा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 1, 2018

चिया श्रमिकवर्गको दैनिक हाजिरा वृद्धि; न्युनतम मजदुरी अधिनियम अनुसार पाएनन् हाजिरा

गफसफ.com, कोलकोता  2 सेप्टेम्बर।
चिया श्रमिकवर्गका निम्ति न्युनतम मजदुरीको अन्तिम निर्णय नभएसम्मका निम्ति अन्तरिम यवस्था अनुसार पारिश्रमिक वृद्धि गर्ने निर्देश राज्य सरकारको श्रम विभागले जारी गरेको छ। सितमबर महिनादेखि चिया श्रमिकवर्गको दैनिक पारिश्रमिक 159 रूपियाँबाट वृद्धि भएर 169 रूपियाँ हुने भएको छ। सोहिक्रममा आगमी 1 अक्टोबरदेखि पुन: उक्त पारिश्रमिक वृद्धि गर्नुपर्ने श्रम विभागले निर्देश दिएको छ

अक्टोबरदेखि चिया श्रमिकवर्गको पारिश्रमिक 169 बाट वृद्धि गरेर 176 रूपियाँ गर्नुपर्ने पश्चिम बङ्गाल श्रम विभागले सम्पूर्ण चिया कमानका मालिकवर्गलाई निर्देश दिएको छ। अहिलेसम्म 159 रूपियाँ दैनिक हाजिरा रहेका चिया श्रमिकवर्गको अब सितम्बर अनिम अक्टोबर महिनादेखि भने क्रमैले 10 अनि 7 रोपियाँ गरेर 17 रूपियाँ वृद्धि हुने भएको छ। 
जसको कारण उनीहरूको दैनिक हाजिरा अक्टोबर माहिनादेखि 176 रूपियाँ हुने श्रम विभागको आदेशपछि निश्चित भएको छन्। राज्यका श्रम आयुक्त जावेद अख्तरले 31 अगस्तका दिन उक्त दैनिक हाजिरा वृद्धिको एक आदेश जारी अरेका छन्।
स्मरण रहोस्, चिया श्रमिकवर्गको दैनिक हाजिरा न्युनतम मजदुरी अधिनियम अनुसार हुनपर्छ भन्दै विभिन्न श्रमिकसङ्गठनका एकमुष्ट सङ्गठन जोइन्ट फोरमले आन्दोलन अघि बडाउँदै आइरहेको छ। चिया श्रमिकवर्गको दैनिक मजदुरी सन्दर्भमा सरकार, श्रमिक सङ्गठन अनि चियाकमान मालिकपक्षमाझ वैठकहरू समेत सम्पन्न भएपनि उक्त वैठकहरूले कुनै निष्कर्ष निकाल्न सकेको थिएन। फलस्वरूप जोइन्ट फोरमले दैनिक हाजिरा न्युनत 335 रूपियाँ हुनपर्ने माग गर्दै आन्दोलनलाई अघि बडाउने कार्य गरिहेको छ भने यता सरकारको श्रम विभागले दैनिक हाजिरा दुई महिनामा 17 रूपियाँ वृद्धि गरेर 176 रूपियाँ पुर्‍याएको छ।

No comments:

Post a Comment

Post Bottom Ad